nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 6th May, 2024
वि.स.
1000043965-1707579226.jpg

प्रदेश नम्बर ३ का मन्त्री लामालाई पत्नी शोक

Lama-1562376906.jpg

प्रदेश नम्बर ३ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामालाई पत्नी शोक परेको परेको छ । 

मन्त्री लामाकी धर्मपत्नी कान्छिमाया लामाको ५८ वर्षको उमेरमा २१ असार विहान मृत्यु भएको हो । कान्छिमायाँको मृत्युले परिवारमा स्तब्ध बनाएको छ । बिहानैबाट भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै मन्त्रीलगाएत सम्पूर्ण शोकाकुल परिवारमा हार्दिक समबेदना व्यक्त गरेका छन् ।

प्रदेश नम्बर ३ सरकारका सामाजिक बिकाश मन्त्री युवराज दुलालले सामाजिक सञ्जाल मार्फत समवेदना प्रकट गरेका छन् । उनले आफ्नो फेसबुकमा लेलेखेका छन्–‘भूमि ब्यबस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाको जीवन संगिनी कान्छी माया लामाको ५८ बर्षको अल्पायुमा भएको निधनको खबरले दुखित तुल्याएको छ । मृतकप्रति हार्दिक श्रद्धान्जली१ शोकाकुल परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछु ।’



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)