Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

प्रदेश–३ मा पशुलाई एम्बुलेन्स, माटो जाँच गर्न मोबाइल भ्यान

Ambulance-Pasu-1565002016.jpg

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, प्रदेश ३ ले बिरामी पशुको आपतकालिन उपचारका लागि एम्बुलेन्स र माटो परिक्षण प्रयोग गर्न मोवाइल सोइल टेस्टिङ भ्यानबाट सेवा प्रारम्भ गरेको छ । 

मन्त्रालयले ४ वटा भेटेरिनरी एम्बुलेन्स हस्तान्तरण गरेको छ । २० साउनमा हेटौंडामा एक कार्यक्रमको आयोजना गरी मन्त्रालयले यस आर्थिक वर्षमा सञ्चालन गर्ने गरि कृषि तथा वन विश्वविद्यालय रामपुर चितवन, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र काभ्रे, ललितपुर र मकवानपुरलाई एक÷एक वटा एम्बुलेन्स हस्तान्तरण गरिएको मनत्रालयका प्रबक्ता निर्मल गदालले बताए । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सम्बन्धित केन्द्रलाई चाबी, बिलबुक हस्तान्तरण गरे । कुनैपनि समयमा चौपाया बिरामी परीहालेमा सहयोग गर्ने उद्देश्यले एम्बुलेन्सको व्यावस्था गरिएको हो । यो एमुलेन्सले चौपाया बिरामी परेमा तत्काल उद्धार गरेर उपचार गर्न पशु डाक्टर सम्म ल्याउनका लागि सजिलो हुने छ ।

यसैगरी हेटौंडामा माटो परिक्षण प्रयोगशालाको भवन उद्घाटन कार्यक्रममा भ्यानबाट दिने सेवाबारे जानकारी दिइएको थियो । माटो परिक्षण प्रयोगशाला स्थापना नभएका स्थानिय तहहरुका लागि माग अनुसार तत्काल माटो परीक्षण सेवा उपलब्ध गराउन माटो परिक्षण घुम्ती प्रयोगशालाको लागि बसको व्यवस्था गरिएको मन्त्रालयका प्रवक्ता गदालले बताए । 
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०