Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

प्रज्ञा महाबिहारको अध्यक्षमा बज्राचार्य

DSC00013-1503800424.JPG

हेटौँडा–१ मा रहेको प्रज्ञा महाबिहारको पाँचौ साधारण सभाले रुपकराज बज्राचार्यको अध्यक्षतामा ११ सदस्सीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा प्रेम शाक्य, सचिवमा रमेशराज बज्राचार्य, कोषाध्यक्षमा प्रमेश बज्राचार्य, सहसचिवमा गौतमराज शाक्य र सदस्यहरुमा तेजलक्ष्मी शाक्य, रुपा बज्राचार्य, उत्तम बज्राचार्य, राजुरत्न बज्राचार्य, बिभिन्न शाक्य र सकेरा बज्राचार्य रहेका छन् ।

कार्यक्रम समाजसेवी अशोक शाक्यको प्रमुख आतिथ्य तथा महाबिहारका अध्यक्ष नियमराज शाक्यको सभाध्यक्षतामा भएको थियो । कार्यक्रममा महाबिहारका सचिव रमेशराज बज्राचार्यले बार्षिक प्रगति प्रतिबेदन र कोषाध्यक्ष प्रेम शाक्यले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रज्ञा बिहारका सल्लाहकार पवन शाक्य, उपाध्यक्ष रुपकराज बज्राचार्य, ज्ञानरत्न बज्राचार्य लगाएतले मन्तव्य व्यक्त गरेका थिए । बि.सं. २०५६ सालमा गठित बिहारमा ८६ जना आजीवन र ४ जना मानार्थ सदस्य रहेका छन् । बिहारको साधारण सभाले समाज कल्याण परिषदको पत्राचार अनुसार बिधान संसोधन समेत पारित गरेको छ ।