Thursday, 28th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

पैदलयात्रुलाई भिमफेदीमा निःशुल्क खाना

Nisulka-khana-Vhimfedi-1587195753.jpg

तराईबाट काठमाण्डौं जोड्ने पुरानो मार्ग भिमफेदीमा पैदल यात्रुलाई निःशुल्क खाना खुवाउने व्यवस्था शुरु गरिएको छ । पैदल यात्रीहरुलाई दम्की रक्स समूहको सहयोगमा निःशुल्क खानाको व्यवस्था गरिएको हो । 

कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण घर जान हिँडेकाहरुलाई खाना र विश्रामको व्यवस्था गरिएको स्थानीय सुरेन्द्र थिंकेले जानकारी दिए । काठमाण्डौंबाट तराई हिँडेर जाने भिमफेदी पुरानो मुल बाटो हो ।  अहिले उक्त बाटो भएर दैनिक ५०/६० जना बालबालिका, ज्येष्ठ नागरिकहरु गन्तव्यतर्फ गइरहेका छन् ।
  
यसैबीच भिमफेदी गाउँपालिकाले हिँडेर आएकाहरुलाई स्थानीय प्रहरीसंगको समन्वयमा जिल्ला सीमानासम्म पु¥याइदिने व्यवस्था थालेको छ । 
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०