Thursday, 23rd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

पेट्रोलियम पदार्थमा विकास कर लगाउने निर्णय

सरकारले पेट्रोलियम पदार्थमा थप ५ रुपैयाँ विकास कर लगाउने निर्णय गरेको छ। विकास कर थप ५ रुपैयाँ बढाएकोबारे सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री युवराज खतिवडाले जानकारी गराएका हुन। 

सूचना तथा सञ्चार प्रविधि मन्त्रालयसमेत सम्हालेका खतिवडाले पहिलो पटक मन्त्रिपरिषद बैठक सार्वजनिक गरेका हुन्।  फागुन १२ गते बसेको मन्त्रिपरिषद बैठकले पेट्रोलियम पदार्थमा थप ५ रुपैयाँमा कर लगाउने निर्णय गरेको थियो।

योसँगै पेट्रोल र डिजेलमा विकास कर १० रुपैयाँ हुनेछ। यसअघि सरकारले बूढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि पेट्रोलियम पदार्थमा प्रतिलिटर ५  रुपैयाँ कर लगाउन शुरु गरेको थियो।