nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 29th April, 2024
वि.स.
1000043965-1707579226.jpg

पेट्रोलको मूल्य ३ रुपैयाँ घट्यो

नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्न थालेपछि ३ असार राती १२ बजेदेखि निगमले इन्धनको मूल्य घटाएको हो ।

भारतीय आयल निगम आईओसीले पठाएको नयाँ मूल्य सूची अनुसार पेट्रोल, डिजेल र मट्टितेलको मूलय घटेको निगमका प्रवक्ता विरेन्द्र गोइतले बताए । आईओसीले पठाएको नयाँ मूल्य सूची अनुसार पेट्रोलमा ३ र डिजेल र मट्टितेलमा २/२ रुपैयाँ घटाइएको उहाँले बताउनुभयो । नयाँ मूल्यसूची अनुसार प्रतिलिटर पेट्रोलको मूल्य १ सय १० रुपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर ९२/९२ रुपैयाँ पुगेको छ ।

भारतीय आयल निगम आईओसीले पठाएको नयाँ मूल्य सूचीअनुसार  पेट्रोलमा ३ र डिजेलर मटितेलमा २/२ रुपैयाँ घटाएका छौँ,’ निगमका प्रवक्ता विरेन्द्र गोइतले भने, ‘नयाँ मूल्यसूची शनिबार राति १२ बजेदेखि लागू हुनेछ।’ गमले हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत रहेको जनाए । 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)