nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 6th May, 2024
वि.स.
1000043965-1707579226.jpg

पूर्व विद्यार्थीको सहयोगमा ‘स्वर्ण स्मारक’ निर्माण

DSC_0246-1518235763.JPG

कृषिकर्मको आम्दानीबाट पाँच दशकदेखि स्थापना र सञ्चालन हुँदै आएको मकवानपुरको उत्तरी क्षेत्रको एक विद्यालयको स्वर्ण महोत्सवको अवसरमा आलु र किसानले हलो जोतेको आकृतिसहितको स्तम्भ अनावरण गरिएको छ । मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ३ मा रहेको जन कल्याण् माविमा वि.सं. २०५९ मा एसएलसी पास गरेका विद्यार्थीहरुको आर्थिक सहयोगमा बनेको स्तम्भ राष्ट्रपति विद्यादेवी भण्डारीले अनावरण गरेकी हुन् । 

थाहा नगरपालिकास्थित जनकल्याण माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको अवसरमा ठूलो ढुंगामा खोपेर कालिगढले आलु र किसानले हलो जोतेको आकृतिसहितको स्तम्भ बनाइएको छ । चार कालिगढ प्रोफेसर चन्द्रश्याम डंगोलको नेतृत्वमा ५ जनाले छिनो हातमा लिएर ढुंगा खोपेर स्तम्भ निर्माण गरिएको हो । 

स्कुलको भवन अघि रहेको ठूलो ढुंगामा आलु र किसानले गोरुसहितको हलो जोतेको आकृति खोपेर बनाएका हुन् । जनकल्याण माध्यमिक विद्यालयबाट २०५९ सालमा एसएलसी उत्तीर्ण गरेकाहरूले करिब २ लाखको लागतमा उक्त स्तम्भ निर्माण गरिएको हो । 
वि.सं.२०२५ सालमा स्थापना गरिएको उक्त विद्यालयको स्वर्ण महोत्सव समारोह २१ माघमा मनाइएको हो । यस अघि सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रमहरु संचालन गरिएको थियो ‘आलु र अन्य कृषिजन्य उत्पादनबाट कमाइ भएको रकमले स्थानीयवासीले ५० वर्षअघि उक्त विद्यालय पालुङको घट्टेचौरमा स्थापना गरेका थिए । त्यतिबेला घर–घरबाट चन्दा संकलन गरेर भवन बनाउनुका साथै शिक्षकलाई तलब दिने गरिएको थियो ।
स्व.रूपचन्द्र विष्ट ‘थाहा’ ले वि.सं. २०३१ सालदेखि यस क्षेत्रबाट निकासी हुने आलुलगायत अन्य कृषिजन्य वस्तुमा थोरै कर लगाएका थिए । उक्त करबाट संकलन भएको रकममध्ये ७० प्रतिशत उक्त विद्यालयको शैक्षिक कार्यमा खर्च गरिन्थ्यो । बाँकी ३० प्रतिशत साबिकको दामन र पालुङ गाविसलाई १५÷१५ प्रतिशत रकम दिने गरिन्थ्यो ।

‘पालुङका कृषकहरूले आलुलगायत कृषिजन्य वस्तु बिक्री गरेर वचत गरेको रकम र निर्यात गर्दा संकलन भएको पैसाले विद्यालय स्थापना र सञ्चालन गरेकाले आलु र हलो जोतिरहेको कृषकको आकृति रहेको स्तम्भ बनाएको हो,’ विद्यालयका प्रअ सानोभाइ कार्कीले भने, ‘यो स्तम्भले स्कुलको स्थापनाको अवस्था प्रतिनिधित्व गर्छ ।’ उक्त स्कुल जिल्लाको तेस्रो माध्यमिक विद्यालय हो । यसअघि जिल्लामा भीमफेदीको महेन्द्र मावि र हेटौंडाको भुटनदेवी माविमात्र थिए । उत्तरी क्षेत्रमा भने यो मात्र एक मावि थियो । यस विद्यालयमा १ कक्षादेखि १२ कक्षासम्म पठनपाठन भइरहेको छ । मकवानपुरको उत्तरी क्षेत्रलगायत थाहा नगरमा रहेका विभिन्न तह र ओहोदाका व्यक्तिहरू जनकल्याण माविका उत्पादन हुन् ।
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)