Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

पुस्तकाय दिवसमा ईन्द्रसरोवर गाउँपालिकामा निबन्ध प्रतियोगिता गरियो

download-1504236828.jpg

दशौ पुस्तकालय दिवस को अवसरमा आयोजना भएको इनद्रसरोवर गाउँपालिकामा माविस्तरीय निबन्ध प्रतियोगिता भएको छ । प्रतियोगितामा बत्सला देबी माबी सिस्नेरीका सुमन भ्लोन प्रथम भएकाछन् । त्यस्तै महाचुनी माबी फाखेलकी साम्रीका कार्की दोस्रो र पञ्चकन्या माविकी पुर्णिमा गोले तेस्रो भइन् । प्रतियोगितामा सरस्वती बालबोधनी माविकी निशा मगर तृतीय भइन् । 

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वा भएकाहरले क्रमशः २ हजार ५ सय २ हजार १ एक हजार ५ सय र १ हजार नगत सहित शैक्षिक सामग्री र प्रमाणपत्र पुरस्कार पाएकाछन् । कार्यक्रम पुस्तकालय दिवस मुल समारोह समितिका अध्यक्ष एवम गाउँपालिकाका अध्यक्ष जीवन लामाको अध्यक्षतामा भएको हो । 

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष उमा लामा कार्यकारी अधिकृत रोशन पुन स्रोत ब्यक्ती ज्ञानेन्द्र दहाललगायतले पुस्तकालयको महत्वका बारेमा चर्चा गरेका थिए । कार्यक्रममा इन्द्रसरोवर गाउँपालिकाका ४ वटा बिद्यालयका ८ छात्र छात्राले सहभागीता जनाएका थिए । कार्यक्रममा स्वागत मन्तव्य गाउँपालिकाका लेखापाल दीपक गजुरेलले दिएका थिए । 
 



https://thahatimes.com/public/images/users/Puskal-1558329275.jpg

पुस्कल गोले सागर

news.pskl@gmail.com

गोले थाहा टाइम्स डटकममा आवद्ध पत्रकार हुन् ।