nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 16th May, 2024
वि.स.
1000043965-1707579226.jpg

पुनर्निर्माणका इन्जिनियरले सामूहिक राजीनामा दिए

भूकम्पपछिको पुनर्निर्माणमा खटिएका इन्जिनियरहरुले सामूहिक राजीनामा दिएका छन् । इन्जिनियरहरुले मंगलबार शहरी विकास मन्त्रालयमा राजीनामा पत्र बुझाएका हुन् । पुनर्निर्माणका लागि १४ जिल्लामा २५ सय भन्दा बढी इन्जिनियर, सब इन्जिनियर र ओभससियर खटिएका छन् । तर, कतिले राजीनामा दिए भन्ने यकीन छैन ।

मन्त्रालयका एक अधिकारीले भने, ‘अबेर साढे ४ बजे राजीनामा दर्ता भएको छ , संख्या हेर्न बाँकी छ ।’ सरकारले प्रतिवद्धता अनुसार सुविधा नबढाएको भन्दै इन्जिनियरहरुले दुई सातादेखि काम ठप्प पार्दै आएका थिए ।

दुर्गम भत्ता दिनु पर्ने, सुरक्षा प्रत्याभूति हुनु पर्नेदेखि कामका सिलसिलामा देखिएका समस्याको सुनुवाई गर्न सरकारले सहयोग नगरेको उनीहरुको गुनासो छ ।









Makai-bali-prabardhan-1706086965.jpg
bali-bima-ko-suchana-1701933793.jpg
1000043372-1706361050.jpg