nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

पुनरुत्थान दिवसमा इसाई धर्मावालम्वीहरुले हेटौंडामा शुभकामना बाँडे

मकवानपुरको हेटौडामा पुनरुत्थान दिवसको अवसरमा इसाई धर्मावलम्वीहरुले वृहत मकवानपुर पुनरुत्थान र्याली गरेका छन् । मकवानपुर हेटोडाका सम्पूर्ण चर्चको संयूक्त आयोजनामा ३ वैशाखमा भएको ¥याली हेटौडा वन विज्ञान अध्यायन संस्थानको प्राङगानबाट शुरु भई, सीमाचोक, पारिजातपथ, कान्तिराजपथ, संगमचोक, पिपलबोट हुँदै बुद्धचोकमा पुगि कोणसभामा परिणत भएको थियो ।

र्यालीमा सयौँ इसाई धर्मावलम्वीहरुको सहभागिता थियो । कार्यक्रममा इसाईहरुले आफ्ना आस्था प्रक्रट गर्ने नारा, सांगीतिक प्रस्तुतीको साथै येशु ख्रिष्टको बारेमा लेखिएका पर्चा वाँडेका थिए । सो कोणसभालाई सम्बोधन गर्दै नेपाल पेन्तिकोष्टल चर्चका रेभरण्ड पास्टर भानुभक्त भोलनले प्रार्थाना गरेर सो कार्यक्रमको शुरुवात गरेका थिए । पवित्र चर्च रातोमाटेका अगुवा महेश दोङले येशु खिष्ट सबै पापीलाई बचाउन आउनु भएको सन्देश प्रवाह गर्दै येशु खिष्टको जन्म, मृत्यू र पुनरुत्थानको विषयमा चर्चा गरे ।

कार्यक्रममा क्याइनोनिया हेटौडा सामदान चर्चका रेभरेण्ड पास्टर रामकृष्ण पन्त, मकवानपुर इसाई समाजकी अध्यक्ष निमटोल्मा आचार्य, कार्यक्रम संयोजक तथा रातोमाटे पवित्र चर्चका पास्टर दिपक तितुङ, पास्टर यसोसियसन मकवानपुरका जिल्ला अध्यक्ष रेभरेण्ड पास्टर मान बहादुर लामाले देश, राष्ट्र र नगरवासीहरुको लागि शान्ति, समृद्धि र सु–व्यवस्थाको कामना गर्दै प्रार्थाना गरेका थिए ।

कार्यक्रम सञ्चालन पास्टर सुन्दर दाहालले गरेका थिए । कार्यक्रममा अमलेखगंज, मनहरी, हटिया हर्नामाडि, भैँसे, चिउरीबगैचा, भिमफेदि, निवुवाटारइचुङ, चुरियामाई रातेमाटे, पादमपोखरी लगायत ठाउँहरुबाट इसाई धर्मावालम्बिहरुको सहभागिता रहेको थियो । 
मकवानपुरमा ४ सय भन्दा भढि चर्च र २० हजार वढि इसाई समुदायको जमात रहेको जनाइएको छ । सो अवसरमा विभिन्न चर्चहरुमा येशु खिष्ट जिवित हुनु भएको खुसियाली सटासाट गरि शुभकामना आदानप्रदान गर्ने चलन छ ।