Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

पालुङ भ्याली हार्ट एकेडेमीमा मनाइयो बाल दिवश 

Child-day-2-1568600762.jpg

थाहानगर स्थित पालुङ भ्याली हार्ट एकेडेमीले विभिन्न कार्यक्रम गरि बाल दिवश २०७६ मनाएको छ ।

एकेडेमीका विद्यालय संयोजक सरु पौडेलका अनुसार कक्षा नर्सरी, एलकेजी र युकेजीका विद्यार्थीहरुबीच ‘बेलुन ब्लाष्ट’, कक्षा १ र २ का विद्यार्थीबीच ‘स्पोन एण्ड मार्बल रेस’, कक्षा ३ र ४ का विद्यार्थीबीच ‘जेरी जम्प’ को आयोजना गरिएको हो । यसैगरी, कक्षा ५, ६, ७, ८ ९ र १० विद्यार्थीहरुबीच कक्षागत रुपमा ‘म्युजिकल चियर’ को प्रतिस्पर्धा गराइएको थियो । साथै बाल दिवशको अवसरमा अन्तर सदन हाजिरी जवाफ प्रतियोगिताको समेत आयोजना गरिएको संयोजक पौडेलले जानकारी दिइन् ।

हाजिरी जवाफ प्रतियोगितामा ंआइस्टाइन सदनका अभिशेष गोतामे, रुवि ठाकुर र विधान कार्की प्रथम, हकिङ सदनका दिपशिखा रायमाझी, आयुष केसी र स्मृति केसी दृतीय, न्यूटन सदनबाट बृदिपराज बर्तौला, ओमस प्रधान र अनिता तमाङ तृतीय भएका छन् । प्रतियोगिता अन्तर्गत बेलुन ब्लाष्टमा कक्षा नर्सरीबाट सिद्धान्त ढकाल, रोहन तमाङ प्रथम, बिनम बलामी, लक्ष्मी खत्री दृतीय र रसु प्रधान, सलोन बलामी तृतीय भएका छन् । यसैगरी, कक्षा एलकेजी तर्फ सोहन तमाङ, रुसन गोपाली प्रथम, सुशन तमाङ, प्रविन तमाङ दृतीय र रेश्मी रेग्मी, प्रिन्स प्रधान तृतीय भएका छन् ।

प्रतियोगिता अन्तर्गत बेलुन ब्लाष्टमै कक्षा युकेजीतर्फ विबेका कार्की, आयन केसी प्रथम, रोमन गुरुङ, विष्णु खत्री दृतीय र पु्नम लोहनी, सोहित रायमाझी तृतीय भए । बाल दिवशका अवसरमा कक्षा १ र २ का विद्यार्थीबीच गरिएको स्पोन एण्ड मार्वल रेसमा कक्षा १ बाट आलिया तमाङ प्रथम, रोनक बलामी दृतीय, आशिष लामा तृतीय भएका छन् । यसैगरी, कक्षा २ बाट इभा केसी प्रथम, अनु लामा दृतीय र सोफिया बल तृतीय भएका थिए ।  कक्षा ३ बाट जेरी जम्पमा मनिक्षा केसी प्रथम, असिम थिङ दृतीय, तेन्जेन लामा तृतीय, कक्षा ४ बाट सन्जय बलामी प्रथम, साक्षिका तमाङ दृतीय र रोमन स्याङ्तान तृतीय भएका थिए ।

प्रतियोगिता अन्तर्गत कक्षा ५ देखि १० सम्मका विद्यार्थी बीच रोचक रुपले म्युजिकल चियर प्रतियोगिता भएको थियो । प्रतियोगिता अनुसार कक्षा ५ बाट आरोसी लो प्रथम, सम्पूर्ण बलामी दृतीय, मुनल स्ष्याङ्तान तृतीय भए । कक्षा ६ बाट कविस कार्की प्रथम, उज्वल केसी दृतीय, पुरुषोत्तम बलामी तृतीय भए । कक्षा ७ बाट सिम्रिका विष्ट प्रथम, सुजल अधिकारी दृतीय, रुवि ठाकुर तृतीय भए । कक्षा ८ बाट गाब्रियल पाख्रिन प्रथम, रोहित पन्थ दृतीय, पुजन विष्ट तृतीय भए । कक्षा ९ बाट रजनी प्रधान प्रथम, दिपेश विष्ट दृतीय, रोशन प्रधान तृतीय भए । र कक्षा १० बाट स्मृति केसी प्रथम, मनोज विष्ट दृतीय, सुनित कार्की तृतीय भएका थिए ।

बाल दिवशको अवसरमा विद्यालय संचालक तथा प्रिन्सिपल सुरेन्द्रमान प्रधानले प्रतियोगिता अघि बाल दिवशको महत्व बारे प्रकाश पार्दै शुभकामना व्यक्त गरेका थिए ।