Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

पालुङ बहुमुखी क्याम्पसले मनायो १५ औं वार्षिकोत्सव

पालङ बहुमुखी क्याम्पसको १५ औं वार्षिक उत्सव भव्यताका साथ मनाइएका छ । सो अवसरमा ४ असोजमा जेसीज सभाहलमा आयाजित कार्यक्रममा स्मारिका बिमोचन, दाताहरुका नामावली शिलान्यास, उत्कृष्ट शिक्षकलाई सम्मान र विद्याार्थीहरुलाई छात्रवृत्ति, सकुन्जेल जनही ५ हजार सहयोगको घोषणा, साँस्कृतिक प्रस्तुती जस्ता महत्वपूर्ण कार्यक्रमहरु गरिएको छ । 

वार्षिक उत्सव कार्यक्रमका सहभागीहरुले क्याम्पसलाई शैक्षिक विकासको केन्द्रको रुपमा विकास गरिनूपर्ने बताएका छन् । १२ कक्षा पास भएपछि सदरमुकाम तथा राजधानी जानपर्ने बाध्यता रहेका उत्तरी मकवानपुरबासीलाई पालुङ क्याम्पसले शैक्षिक विकासका लागि ठूलो योगदान दिएको सहभागीहरुले बताए । विभिन्न सरकारी कार्यालयहरुको सेवा विस्तारसँगै त्यसको प्रत्येक्ष प्रभाव क्याम्पससँग जोडिने भएकाले पालुङ क्याम्पसलाई शैक्षिक गन्तव्यको रुपमा विकास गर्नुपर्ने कार्यक्रमका प्रमुख अतिथि तथा पूर्व ग्रामीण विकास केन्द्रका विभागीय प्रमुख पाध्यापक डाक्टर उमाकान्त सिलवालले बताए । 

दाताको नामावली लेख्न शिलालेख शिलान्यास

कार्यक्रमका सभाध्यक्ष तथा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष ईश्वरनाथ पौडेलले क्याम्पस व्यवस्थापनको बारेमा धारणा प्रस्तुत गरेका थिए । त्यस्तै, क्याम्पस प्रमुख रामहरि अधिकारील क्याम्पसको शैक्षिक अवधारणाबार प्रकाश पारेका थिए । वार्षिक उत्सवको अवसरम क्याम्पसका स्तरोन्नतिका लागि ६ वर्ष अघि आयोजना गरेको श्रीमद् भागवत महायज्ञमा सहयोग गर्ने दाताहरुको नामावली सहितको शिलालेखको शिलान्यास गरिएको छ भने क्याम्पसले प्रकाशन गरेको स्मारिकाको पनि बिमाचन पनि गरिएको छ । 

कार्यक्रमका प्रमुख अतिथि र क्याम्पस व्यवस्थापन समितिका अध्यक्षले संयुक्त रुपमा विधिपुर्वक सिमेन्ट र ईटा राखेर शिल्यान्यास गरका हुन् । स्थानीय लोकगायक तथा विद्यार्थीहरुको रोचक प्रस्तुति समेत रहको थियो । 

उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति

परीक्षामा उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको थियो । उत्कृष्ट अंक प्राप्त गरी छात्रवृत्ति प्राप्त गर्नेमा मानविकी संकायबाट अस्मिता कार्की, शुस्मिता ढकाल र प्रशन्न खड्का तथा व्यवस्थापन संकायबाट सन्ध्या ढका र दिपा केसी, गणेश खत्रि रहेका छन् । सो अवसरमा विविएस र विए तफका उत्कृष्ट छात्र र छात्रालाई विष्णप्रसाद ढकालले आफ्ना स्वर्गीय पिता बद्रीप्रसाद ढकालको स्मृतिमा दुई जनालाई, स्वर्गीय पिता अमरप्रसाद अधिकारीको स्मृतिमा रामहरि अधिकारीबाट एक जनालाई, स्वर्गीय पिता लिलाध्वज काकीको स्मृतिमा हरिकृष्ण कार्कीबाट एक जना र स्वर्गीय पुत्र मनिष रायमाझीको स्मृतिमा मधुसुदन रायमाझीबाट एक जनालाई जनही ५ हजार दरल आफ्हरुले सकेन्जुलसम्म छात्रवृत्तिृ प्रदान गर्ने गरी घोषणा गरी वितरण गर्न प्रारम्भ गरिएको छात्रवृत्ति पनि वार्षिक उत्सवको अवसरमा वितरण गरिएका थियो । 

लगनशील दुई शिक्षक सम्मानित

क्याम्पसका शिक्षकहरुमध्ये लगनशीलताको आधारमा व्यवस्थापन सकायका राजन मिश्र र मानविकी संकायका विजय बस्नेतलाई नगद १ हजार १ रुपियाँसहित सम्मान पत्र पदान गरिएको छ । 

स्ववियु पदाअधिकारी र विद्यार्थीलाई प्रमाणपत्र

बार्षिक उत्सवको अवसरमा स्ववियु इकाइका पदाधिकारी र चौथो वर्षका उतीर्ण उतीर्र्ण विद्यार्थीलाई प्रमाण पत्र पनि वितरण गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथिलाई क्याम्पस व्यवस्थापन समितिका अध्यक्षल मायाको चिनो प्रदान गरेका थिए । 
कार्यक्रममा थाहा नगरपालिकाका उपमयर खड्ग बहादुर गोपाली, बिष्णुप्रसाद ढकाललगाएतलाई मायाका चिनो वितरण गरिएको थियो । उपमेयर गोपाली, संघसंस्थाको तर्फबाट विमल कुमार ढकाल, बिद्यालयको तर्फबाट कृष्णबहादुर बिष्ट, वड  अध्यक्षका तर्फबाट थाहा ३ नम्बर राजेश केसी लगायतले कार्यक्रममा आआफ्नो मन्तव्य राखका थिए । 

क्याम्पसलाई सहयोग गर्ने संस्थालाई सम्मानपत्र

क्याम्पसका विकासका लागि सहयोग गर्ने साविक दामन र पालुङ गाविस तथा तत्कालिन आर्थिक विकास सहयोग समितिलाई क्याम्पस अध्यक्ष पौडेलले सम्मानपत्र सहित सम्मान गरेका थिए । सम्मानपत्र नगरपालिकाका तर्फबाट खड्ग बहादुर गोपालीले ग्रहण गरेका थिए ।


 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०