Friday, 17th May, 2024
वि.स.
1000043965-1707579226.jpg

पालुङ बहुउद्देश्यीय सहकारीद्वारा नगरपालिकालाई स्यानीटाइजर प्रदान

PAAA-1585702947.jpg

मकवानपुर थाहा नगरपालिकामा रहेको पालुङ बहुउद्देश्यीय सहकारी संस्था लि. थाहा नगरपालिकालाई ७२ हजार रुपियाँ बराबरको स्यानीटाइजर  सहयोग गरेको छ ।  कोरोना भाइरस (कोभिड–१९) को महामारी भैरहेको सन्दर्भमा प्रयोग गरिने स्यानीटाइजर नगरपालिकाले सहयोग पाएको हो ।

सहकारी आफैले उत्पादन गरेको स्यानीटाइजर एक कार्याक्रमकाबीच १८ चैतमा नगरपालिकाका मेयर लवशेर विष्टलाई हस्तान्तरण गरिर्एको हो । सहकारीले १०० एम.एल.को ६ सय बोत्तल स्यानीटाइजर हस्तान्तरण गरेको सहकारीका अध्यक्ष पुरुषोत्तम कार्कीले जानकारी दिए । वितरण कार्यक्रममा सहकारीका अध्यक्ष कार्की, उपाध्यक्ष कृष्ण बहादुर विष्ट, सचिव अरुण रायमाझी, कोषाध्यक्ष सानुकाजी गोपाली सहकारी थिए । 

सहकारीको सहयोग बुझ्दै नगर प्रमुख लवशेर विष्टले धन्यवाद दिए । विपदको बेलामा सहयोग गरेको बताउँदै पैसा हुँदा पनि स्यानीटाइजर किन्न नपाइरहेको अवस्थामा सहयोग गरी सामाजिक अभियानमा सहभागी भएको मेयर विष्टले बताए ।  प्राप्त स्यानीटाइजर सबै स्वास्थ्य संस्थामा र क्वारेन्टाइनमा प्रयोग गरीने उपमेयर खड्ग गोपालीले बताए । 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)