nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

पालुङ बहुउद्देश्यीयको कारोबार ६४ करोड

udghtatan-1539257756.jpg

पालुङ बहुउद्देश्यीय सहकारी संस्थाको १९ औं वार्षिक साधारण सभा विहिवार सम्पन्न भएको छ । सहकारीले आफ्नै प्राङ्गणमा १९ औ वार्षिक साधारण सभा सम्पन्न गरेको हो । नेपाल सरकार राष्ट्रिय योजना आयोगका उपध्यक्ष डा. पुष्पराज कंडेलको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष विमलकुमार ढकालको सभाध्यक्षतामा सभा भएको हो । 
    सभाध्यक्ष तथा संस्थाका अध्यक्ष ढकालले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै संस्थाले ६४ करोड ४ हजार ७ सय ४८ रुपैयाको कारोबार भएको जानकारी गराए । उनले यस आर्थिक वर्षमा महिला सदस्य १ हजार ८ सय ८२ जना, पुरुष सदस्य २ हजार ४ सय ६२, संस्थागत सदस्य संख्या २ सय १९ जना र लधुवित्त समूह सदस्य २९ सय ५० जना पुगेको जानकारी गराए । त्यसैगरि आर्थिक वर्ष २०७५÷०७६ मा सदस्य संख्या २० प्रतिशतले वृद्दि गरी ५ हजार ४ सय ७६ जना पुर¥याउने लक्ष्य लिएको जनाए । 


    साथै संस्थाले आर्थिक वर्ष २०७५÷०७६ मा कुल कर्जा लगानीमा २५.१४ प्रतिशतले वृद्धि गरी ६५ करोड ५२ लाख ४५ हजार ३ सय ३४ पु¥याउने, सीप विकास तालिमहरु ऋझै प्रभावकारी रुपमा विकास गर्ने प्रवर्धनात्मक कार्यक्रममा सहकार्य गर्ने, नियमकारी निकायहरुले दिएको निर्देशनलाई संस्थाले पूर्ण रुपमा पालना गरी सदस्यहरुका लागि सहकारी शिक्षा, सञ्चालकहरुका लागि क्षमता अभिवृद्धि र कर्मचारीहरुका लागि सहकारी व्यवस्थापन प्रशिक्षण कार्यक्रमलाई प्रभावकारी बनाउने लगायतको लक्ष्य लिएको जानकारी गराए । 
    सभाको अवसरमा नै विभिन्न विधामा विभिन्न व्यक्तिहरुलाई संस्थाले सम्मान गरेको छ । जेष्ठ नागरिक सम्मान तर्फ कृष्णबहादुर हमाल, जितकुमारी प्रधान, असल कृषि कर्जा तर्फ श्यामबहादुर कार्की र रामकृष्ण अधिकारी, असल व्यापारिक कर्जा कारोबारतर्फ राजु श्रेष्ठ, सुनलक्ष्मीमाया थिङ र निर्मला श्रेष्ठ सम्मानित भएका छन् । त्यसैगरि असल बचत कारोबार तर्फ नरेन्द्र अधिकारी, गंगालाल पंधान, घनश्याम थापा, लघुविक्ततर्फ महादेवि महिला आय आर्जन केन्द्र (चित्लाङ), दिव्यज्योति महिला आय आर्जन केन्द्र(दामन), र जलेश्यर महिला आय आर्जन केन्द्र(दामन), पाको जेष्ठ सदस्य तर्फ हरिप्रसाद ढकाल र दिलकुमारी थापा, महिला शशक्तिकरण लघुवित्त सदस्यतर्फ श्याम बस्नेत, पाको शैक्षिक छात्रवृद्धितर्फ सामुदायिक विद्यालय अन्तर्गत सुनौला माविका धिरज गोपाली, जनकल्याण माविका एलिजा विष्ट, संस्थागत विद्यालय अन्तर्गत हिमालयन बोर्डिङ स्कूलका अभिजित उपाध्याय, पालुङ बोर्डिङ स्कूलका प्रशंसा केसी सम्मानित भएका छन् । 
 



https://thahatimes.com/public/images/users/26166321_736678939864359_-1516519321.jpg

जनक तामाङ

janaklama415@gmail.com

तामाङ,थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको थाहानगरमा रहेर पत्रकारिता गरिरहेका छन् ।