nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 5th May, 2024
वि.स.
1000043965-1707579226.jpg

पालुङ जेसीजले पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्यो यस्तो कार्यक्रम 

सामाजिक कार्यमा अग्रसर रहेको थाहानगर स्थित पालुङ जेसीजले १ साउनमा पत्रकार सम्मेलन गरेको छ । वर्ष २०१८ को नयाँ कार्यसमितिले यही श्रावण र भाद्र महिनामा सञ्चालन गरिने आफ्नो कार्यक्रम तथा विवरणहरु पत्रकार सम्मेलनमा सार्वजनिक गरेको हो । पालुङ जेसीजको वर्ष २०१८ का अध्यक्ष विजयश्याम अमात्यको अध्यक्षतामा थाहा नगरपालिकाको थानाबजारमा सम्मेलन भएको हो । 

जेसीजले सार्वजनिक गरेको कार्यक्रमहरुमा श्रावण ५ गते गोपीकृष्ण एकल तथा धर्मलाल गायन प्रतियोगिता अडिशन–चित्लाङ, श्रावण १९ गते भाषण कला तथा उद्घोषण तालिम–जेसीज हल, श्रावण २५ गते बिहान सुरेन्द्रमान ओराटरी कन्टेष्ट–बज्रबाराही मा.वि., श्रावण २५ गते दिउँसो गोपीकृष्ण एकल नृत्य तथा धर्मलाल एकल गायन प्रतियोगिता अडिशन–बज्रवाराही, श्रावण २६ गते गोपीकृष्ण एकल नृत्य तथा धर्मलाल एकल गायन प्रतियोगिता अडिशन–जेसीज हल लगायतका कार्यक्रमहरु श्रावण महिनाको लागि सञ्चालन गर्ने गरी बिवरण सार्वजनिक गरेका छन भने भाद्र महिनाका लागि भाद्र ९ गते गोपीकृष्ण एकल नृत्य तथा धर्मलाल एकल गायन प्रतियोपगता मेघा अडिशन–जेसीज हल, भाद्र ९ गते भरत रत्न जेहेन्दार छात्रवृति–जेसीज हल, भाद्र २७ गते गोपीकृष्ण एकल नृत्य तथा धर्मलाल एकल गायन प्रतियोगिता फाइनल साथै राष्ट्रिय तथा स्थानिय कलाकारहरुको तिज बिशेष प्रस्तुति–पाण्डुकेश्वर मन्दिर लगायतका कार्यहरु भाद्र महिनाका लागि सञ्चालन गरिने कार्य तालिका तय गरिएको छ । 
पालुङ जेसीजले यही श्रावण महिनामा नै सकिने गरी जेसीज सचिवालय तथा सेफ्टी ट्याङ्की निर्माण सुरु गर्ने समेत पत्रकार सम्मेलन मार्फत जानकारी गरायएको छ । सम्मेलनमा जेसीजको कार्यकारीणी उपाध्यक्ष मनोज रायमाझी, उद्धब बिडारी, कानुनी सल्लाहकार सुमन बिष्ट, महासचिब सानोबाबु मुक्तान, कोषाध्यक्ष विकास भण्डारी, उपाध्यक्ष अनित बिष्ट, जनसम्पर्क अधिकारी शर्मीला स्याङ्तान, सह–कोषध्यक्ष अनिता बिष्ट, थाहानगर मिडिया एसोसियसनका अध्यक्ष कुमार नेगी, दिगो विकास मल्टिमिडियाका अध्यक्ष सुरजकुमार भुजेल, रेडियो दामनका इच्छापूर्ण कार्की लगायत विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरुको सहभागिता रहेको थियो ।
 



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।