Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

पालुङ जेसीजको २० औ पदस्थापना, अध्यक्षमा रायमाझी 

पालुङ जेसीज वर्ष २०२० को लागि अध्यक्ष मनोज रायमाझी तथा पदाअधिकारीहरुले पद ग्रहण गरेका छन् । २८ पौषमा थाहा नगरपालिकाको जेसीज सभाहलमा भएको पदस्थापना तथा पुरस्कार वितरण समारोहका अवसरमा रायमाझीले अध्यक्षको पद ग्रहण गरेका हुने ।  यसअघि पालुङ जेसीजको अध्यक्षमा कुमार नेगी थिए । 

नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष अशोक शंकरको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको पानसमा दीप प्रज्वलन गरेर उद्घाटन गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि शंकरले पालुङ जेसीज राष्ट्रिय स्तरमा नेतृत्व गर्न योग्य भएको र हरदम सहयोग गर्न तत्पर रहेको बताए । उनले  युवाहरुलाइ कृषि तथा पर्यटन प्रबर्द्धनमा अग्रसर हुन जोड दिए । 

कार्यक्रमका सभाध्यक्ष तथा वर्ष २०१९ का अध्यक्ष कुमार नेगीले टिमको जेसीज सिद्धान्तको विषयमा युवाहरुलाई बाटो देखाउन आफ्नो कार्यकाल सफल भएको बताए । आफुभित्रको शक्ति सञ्चय गर्दै आफु र आफ्नो टिमलाई आन्तरिक रुपमा दरिलो बनाउन सकिने उनको भनाइ थियो । उनले आफ्नो कार्यकाल सफल बनाउनको लागि योगदान दिएको उल्लेख गर्दै वर्ष २०१९ का महासचिब मनोज रायमाझी र  कोषाध्यक्ष नवराज लामालाई सम्मान गरेका थिए । उनले कार्यकारिणी उपाध्यक्ष सानोबाबु मोक्तान, कार्यकारिणी उपाध्यक्ष रुपचन्द्र गोपाली, उपाध्यक्ष अनिता बिष्ट, उपाध्यक्ष दिपा बल, उपाध्यक्ष सगंम कार्की, उपाध्यक्ष सुशान्त गोपाली, कानुनी सल्लाहकार जयराम केसीलाई  पनि सम्मान गरे ।

सन् २०२० का लागि निर्वाचित अध्यक्ष मनोज रायमाझीले पर्यटन बर्ष २०२० लाई सफल बनाउने साथै युवाहरुलाइ समाजका विभिन्न कार्यक्रममा कृयाशिल बनाउने र अबसर नपाएका व्यक्तिलाई अबसर प्रदान गर्ने बताउदै कार्यसमिती विस्तार गरेका छन् । 

कार्यक्रममा विशिष्ट अतिथी तथा  नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष मन्जु शाह ठकुरी, नेपाल जेसिज राष्ट्रिय कार्याकारिणी उपाध्यक्ष शोभा खरेल, नेपाल जेसिज राष्ट्रिय कार्यकारिण्ीा उपाध्यक्ष लालमणी भन्डारी, थाहा नगरपालिकाका उपप्रमुख तथा पालुङ जेसिज बर्ष २००३ का अध्यक्ष खड्ग गोपाली लगायतले मन्तब्य ब्यक्त गरेका थिए । 

पालुङ जेसीजका संस्थापक अध्यक्ष पुष्रुषोत्तम ढकाल, पालुङ शाखाका पुर्ब जेसिज अध्यक्षहरु, थाहानगरपालिका १ का वडा अध्यक्ष हेरमान गोपाली, नेकपा जिल्ला कमिटी  सदस्य राजु नापित लगायत विभिन्न संघ संस्थाका प्रतिनिधीहरुको उपस्तिथिरहेको थियो ।
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०