nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

पालुङ जेसिजकाे रक्तदान कार्यक्रम सम्पन्न

15267664_804233529716055_-1480594495.jpg

उत्तरी मकवानपुरको थाहा नगरपालिकामा रहेको पालुङ जेसिजले विहिबार शिखरकोटमा  खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । “रक्तदान, जिवनदान”भन्ने मुल नाराको साथ आयोजना  गरिएको रक्तदान कार्यक्रममा ५१ जना पुरूष र ४ जना महिला गरी जम्मा ५५ जनाले रक्तदान गरेका थिए ।

जेसिजका पूर्व अध्यक्षहरू खड्रग गोपाली र भरत गोपालीको अार्थिक सहयोग हरेक वर्ष हुने गरेको रक्तदान कार्यक्रमको संयोजन विकास भण्डारीले गरेका थिए । वर्ष २०१६ का अध्यक्ष शिवकुमार खत्रीले कार्यक्रममा केन्द्रिय रेडक्रस रक्त सञ्चार केन्द्रबाट अएका अतिथिहरूलाइ मायाको चिनो प्रदान गरेका थिए ।  यस अघि पालुङ जेसिजले मंसिर १ गतेबाट जेसिज सप्ताहव्यापी कार्यक्रम समेत सम्पन्न गरि सकेको छ ।