nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 19th May, 2024
वि.स.
1000043965-1707579226.jpg

पालुङ क्याम्पसले मनायो १४ औं वार्षिक उत्सव

मकवानपुर स्थित पालुङ बहुमुखी क्याम्पसको १४ औं वार्षिक उत्सवको अवसरमा २० फागुनमा भएको मावि स्तरीय एकल तथा सामुहिक नृत्य प्रतियोगिता सम्पन्न भएको छ । 

प्रतियोगिता अन्तर्गत एकल नृत्यमा बज्रबाराही माविकी उर्मिला स्याङ्तान प्रथम भइन् । त्यसैगरि झम्केश्वरी माविका अनिस लामा द्वितीय तथा जनकल्याण माविकी एलिजा विष्ट तृतीय भइन् । त्यसैगरी सामुहिक नृत्यमा भने बज्रबाराही माविका प्रमिला स्याङ्तान, सर्मिला स्याङ्तान, स्मृति स्याङ्तान र सावित्री तितुङको समू प्रथम भएको छ । जनकल्याण माविका बुद्धिमान लो, सुरज तामाङ, युवराज विष्ट, दर्पण कार्की, नेहा परियार, विनिता गोपालीको समूह द्वितीय र पालुङ भ्याली हर्ट एकेडेमिका प्रकृति ढकाल, सुस्मिता विष्ट, सहना केसीको समूह तृतीय भएको छ । 

जनकल्याण माविका प्राचार्य सानोभाई कार्कीको प्रमुख आतिथ्यता तथा पालुङ बहुमुखी क्याम्पसका क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष इश्वरनाथ पौडेलको सभाक्षतामा कार्यक्रम भएको हो । विद्यार्थीमा रहेको प्रतिभालाई प्रस्फुटन गर्ने, कलाकारितामा दक्ष बन्न सहयोग गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको क्याम्पसले जनाएको छ । वि.सं. २०६० साल स्थापना भएको क्याम्पसले प्रत्येक वर्ष आफ्नो वार्षिक उत्सवलाई विविध कार्यक्रम गरि मनाउँदै आएको छ । 

प्रतियोगितामा पालुङ भ्याली हर्ट एकेडेमि, हिमालयन ईङ्लिस सेकेन्डरी बोर्डिङ स्कुल, पालुङ मोडर्न ईङ्लिस स्कूल, जनकल्याण मावि, झम्केश्वरी मावि, पालुङ ईङिलस बोर्डिङ स्कूल, मत्स्य नारायण मावि, लेकाली बसिफाँट मावि, सुन्दरी देवी मावि र सरस्वती मावि विद्यालयको प्रतिभावान विद्यार्थीहरुको सहभागीता रहेको थियो । 
वार्षिक उत्सव कार्यक्रममा थाहा नगर उद्योग वाणिज्य संघका अध्यक्ष कबिराज खत्री, पालुङ भ्याली हर्ट एकेडेमिका प्रिन्सिपल सुरेन्द्रमान प्रधान, पुरस्कार प्रायोजक स्टन एजेन्सीज प्राली आईचर हेटौडाका सेल्स अफिसर आदर्श पुडासैनी, जनकल्याण माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजीव कुमार स्याङतानलगायतको आतिथ्यता रहेको थियो । 

पालुङ बहुमुखी क्याम्पसको आयोजना जनकल्याण माविको सह आयोजनामा भएको प्रतियोगितामा स्टन एजेन्सीज प्रा.लि. आईचर हेटौडाबाट १८ हजार संस्कृति कन्स्ट्रक्सन एण्ड टेडर्स काठमाण्डौबा ५ हजार खड्ग गोपाली बाट ३ हजार र आनन्द राम पराजुलीबाट नगद ३ हजार पुरस्कार स्वरुप सहयोग प्राप्त भएको थियो । थाहा नगरपालिका ७ जनकल्याण माविमा भएको प्रतियोतिाका विजयीहरुलाई नगद, शिल्ड, प्रमाण पत्र वितरण गरिएको छ । 
-जनक लामा