nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 7th May, 2024
वि.स.
1000043965-1707579226.jpg

पालुङ क्याम्पसले आफ्नो अध्यक्ष र सदस्यलाई मेयर र उपमेयरको रुपमा पाएपछि...

campus-swagat-1653548961.jpg

क्याम्पस सञ्चालक समिति अध्यक्ष स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत नगरपालिकाको मेयर र सञ्चालक समिति सदस्य नगरपालिकाको उपमेयर निर्वाचित भए । पालुङ क्याम्पसका अध्यक्ष विष्णुबहादुर विष्ट र सदस्य भरत गोपाली थाहा नगरपालिकाको क्रमशः प्रमुख र उपप्रमुख पदमा निर्वाचित भएका हुन् । यसपछि क्याम्पसले उनीहरु दुबैलाई मेयर र उमपेयरको रुपमा स्वागत, सम्मान र बधाइ ज्ञापन ग¥यो ।

क्याम्पस हाताभित्र क्याम्पस संचालक समितिका उपाध्यक्ष श्यामभक्त श्रेष्ठको अध्यक्षतामा एक कार्यक्रमको आयोजना गरी नगरपालिकाका नवनिर्वाचित मेयर, उपमेयर, वडा अध्यक्षहरु तथा कार्यपालिका सदस्यहरुलाई स्वागत गरिएको हो ।

कार्यक्रममा क्याम्पसका अध्यक्ष एवम् नवनिर्वाचित मेयर विष्ट, उपमेयर गोपाली, अभिभावक निरन्जन अधिकारी, क्याम्पस संचालक समिति कोषाध्यक्ष बिमलकुमार ढकाल, सदस्य सुरेन्द्रमान प्रधान, क्याम्पस प्रमुख रामहरी अधिकारी, सहायक प्राध्यापक हरिकृष्ण कार्की,  ३ नं. वडाका अध्यक्ष हिरेन्द्र रायमाझी लगायतले मन्तव्य व्यक्त गरेका थिए । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)