Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

पालुङ क्याम्पसको खाजा घरमा चोरी

IMG_20190110_075137-1547091423.jpg

पालुङ बहुमुखी क्याम्पसको खाजाघरमा बुधबार चोरी भएको छ । उत्तरी मकवानपुरको थाहा नगरपालिकाको इन्द्रायणी चौरमा रहेको क्याम्पसको चमेना गृहबाट करिव २० देखि २५ हजारको बराबरको मालसामान चोरी भेएको संचालक सन्तोष के.सी. ले बताए ।

खाजा घरबाट २ वटा ग्यास सिलिन्डर, पेय पदार्थ लगायतका सामाग्री चोरी भएको हो । खाजाघरको ढोकाको ताल्चा नै फोरिएको छ ।

उक्त खाजाघर क्याम्पसको लागि बिहानी समयमा र थाहानगरपालिकाको लागी दिउँसोको समयमा संचालन हुँदै आइरहेको थियो । चोरको खोजी भैरहेको संचालक के. सी ले बताए ।

 



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।