nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

पालुङ्गोको सागले बढाउछ इम्युनिटी पावर, यस्ता छन् ६ फाइदा

palungo-696x324-1612234136.png

हरियो साग सबै भन्दा स्वस्थ्य खाद्य सामग्री मानिन्छ । बिरामी अवस्थामा समेत साग खानु स्वास्थ्यका लागि राम्रो मानिन्छ । साग मध्ये पनि पालुङ्गोको साग ‘सुपरफुड’ मानिन्छ । पालुङ्गोमा क्यालोरी थोरै भएपनि पोषक तत्व धेरै हुन्छ । पालुङ्गोको सागमा क्याल्सियम, म्याग्नेसियम र आइरन पाइन्छ । यसको नियमित सेवनले छाला, कपाल र हड्डी बलियो हुन्छ । यसको ६ फाइदा यस्तो छ :

इम्युनिटी पावर बढाउछ : पालुङ्गोमा पाईने भिटामिन ए ले स्वास प्रस्वासका बिरामीलाई राम्रो गर्छ । हरेक दिन सानो कचौराको एक कचौरा साग खाँदा इम्युनिटी पावर बढछ र शरीर फुर्तिलो हुन्छ ।

ब्लड प्रेशर कन्ट्रोल : पालुङ्गोमा उच्च मात्रामा पोटाशियम पाइन्छ । ब्लड प्रेशर उच्च भएकाहरुलाई यसको सेवनले ब्लडप्रेशर सन्तुलनमा ल्याउन काम गर्छ । पोटाशियमले शरीरमा भएको सोडियमको मात्रा कम गराउन भुमिका खेल्छ ।

पालुङ्गोमा क्यालोरी थोरै भएपनि पोषक तत्व धेरै हुन्छ । पालुङ्गोको सागमा क्याल्सियम, म्याग्नेसियम र आइरन पाइन्छ । यसको नियमित सेवनले छाला, कपाल र हड्डी बलियो हुन्छ

क्यान्सर हुनबाट जोगाउछ : पालुङ्गोमा हुने जक्सथिन र केरोटीनोडले शरीरमा हुने बिकारयुक्त तत्वलाई बाहिर निकाल्न सघाउ पुर्याउछ । शरीरमा उत्पादन हुने रेडिकल्सले क्यान्सरको जन्मगराउन सक्छ । पालुङ्गोले ति तत्वलाई बाहिर निकालिदिन्छ ।

हड्डी मजबुत बनाउछ : पालुङ्गोमा हुने भिटामिन के हड्डीका लागि निकै राम्रो मानिन्छ । एक कचौरा पालुङ्गोमा २५० मिलिग्राम क्याल्सियम पाइन्छ । नियमित पालुङ्गो खाँदा दाँतको समस्या हुँदैन भने हड्डी भाँचिने सम्भावना पनि कम हुन्छ ।

आँखाका लागि : पालुङ्गोमा पाईने एण्टीअक्सीडेण्ड आँखाका लागि निकै राम्रो मानिन्छ । मोतिबिन्दुलगायत आँखामा लाग्ने अन्य समस्या समाधानमा पनि पालुङ्गोले भुमिका खेल्छ । पालुङ्गोमा पाईने भिटामिन ए ले आँखाको झिल्लीलाई मजबुत बनाउछ ।

वजन घटाउन : यदि तपाई आफ्नो वोजन कम गराउन चाहनुहुन्छ भने नियमित पालुङ्गो खानुस् ठिक हुन्छ । यसमा क्यालोरी कम हुने र फाइबरको मात्रा बढी हुने भएकाले पनि मोटो मान्छेका लागि फलदायी हुन्छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)