nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 4th May, 2024
वि.स.
1000043965-1707579226.jpg

पालुङमा मनाईयो विद्युतिय सुरक्षा दिबस

biddut-1554790383.jpg

नेपाल विद्यत प्राधिकरण पालुङ वितरण केन्द्रले विद्युतिय सुरक्षा दिवस २०७५ का अवसरमा मंगलबार प्रभातफेरी तथा ¥याली आयोजान गरेको छ ।  विद्युत दुर्घटनाबाट बच्न सचेत रहौं, सम्वृद्धिको लागि विद्युतको सदुपयोग गरौं भन्ने मुल नारा सहित विद्युत प्राधिकरणले देशै भर विदुत सुरक्षा दिवस मनाए सँगै पालुङ वितरण केन्द्रले पनि सुरक्षा दिवस मनाएको हो । 
मंगलबार बिहान प्राधिरणले थाहा नगरपालिकामा प्रभातफेरी निकालेको  र  त्यस लगत्तै कार्यालयमा  विधुतीय सुरक्षाको सवालमा छलफल तथा अन्तरक्रिया गरिएको  पालङ वितरण केन्द्रले जनाएको छ ।

 
विधुतीय सुरक्षा र प्रयोगका बारेमा उपभोक्तालाई जानकारी दिने र यसप्रती सरोकारवाला निकायलाई जिम्मेवार बनाउने उदेश्यले विधुतीय सुरक्षा दिवश मनाउने गरिएको र  विद्युत प्रयोग गर्नेमा सर्वप्रथम उपभोक्ता आफै अगाडी हुने भएकोले पनि हरेक हिसावले सतर्क रहनु आवश्यक देखिने भएकोले यसमा जोडिएका सबैले सर्बप्रथम सुरक्षामा ध्यान दिनुपर्ने पालुङ वितरण केन्द्रका प्रमुख सन्तोष पप्रसाद पन्तले बताए ।  ।

पछिल्लो समय विधुत चोरीका घटना समेत बढेकोले यसको रोकथाम र विधुतको सहि सदुपयोग गर्नका लागि उपभोक्ता स्वयमलाई सचेत पार्ने उद्देश्यले प्राधिकरणले यो कार्यक्रम गरिएकोले यसको महत्व बुझी र बुझई कार्य गर्न गराउन समेत प्रमुख पन्तले आग्रह गरेका थिए ।  

विद्युतिय सुरक्षा, चुहावट नियन्त्रण, किफायति उपयोग देशको सम्वृद्धिमा सहयोग, विद्युत चोरी दण्डनिय अपराध हो, विद्युत चोरी गर्नेलाई सामाजिक वहिस्कार गरौं, विद्युत चोरी नगरौं जस्ता नाराहरु लेखेका व्यानर  बोकेर ¥याली  निकालिएको थियो । ¥यालीमा विद्युतिय दुर्घटना संयोग हैन सुरक्षा प्रतिको व्यवास्ता हो , विद्युत सम्वन्धि काम गर्दा सुरक्षाका ध्यान पुर्याँउ, दक्ष प्राविधिक बाट मात्रै वाईरिङ गरौं, रुखका हाँगाले विद्युतिय संरचना छुन नदिऔं, भिजेको हातले विद्युतिय उपकरण नचलाँउं, सर्भिस केवल कपडा सुकाउन प्रयोग नगरौं, विजुलिको तार नजिक कुनैपनि संरचना नबनाऔं, कम विद्युत खपत गर्ने वत्तिहरु प्रयोग गरौं, जस्ता सचेतना मुलक नारा सहित दिवस मनाइएको हो । 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)