nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 2nd May, 2024
वि.स.
1000043965-1707579226.jpg

पालुङको तामाङ सामुदायिक विकास समूहबाट ऋषेश्वरमा श्रमदान 

हिन्दु तथा बौद्ध धर्मावलम्बीहरुको साझा आस्थाको केन्द्र थाहा नगरपालिका वडा नं. ४ मा रहेको ऋषेश्वर महादेव स्थानमा निर्माणाधिन गुम्बाको लागि पालुङको तामाङ सामुदायिक विकास समूहले श्रमदान गरेको छ । 

वि.सं. २०७२ सालको विनासकारी भूकम्पबाट भत्किएको गुम्बाको निर्माणका लागि सडकबाट निर्माण स्थलसम्म इटा पु¥याउनको लागि दामन बजार ब्यबस्थापन समिती र एभरेष्ट क्लबले संचालन गरेको श्रमदान अभियान अन्तर्गत थाहा नगरपालिका वडा नं. २ खानीगाउँमा रहेको उक्त समूहका ३० जना महिला र पुरुषले ७ मंसिरमा श्रमदान गरेका हुन् । श्रमदानमा खटिनेहरुलाई खानाको बन्दोबस्त अध्यक्ष गोले र मान बहादुर गोलेले गरेका थिए ।

समूहकी अध्यक्ष ठुली गोलेको नेतृत्वमा भएको श्रमदानका क्रममा सडकबाट एक किलोमीटर दुरीमा रहेको निर्माण स्थलसम्म एकजार १५५ वटा इट्टा पु¥याइएको दामनका दावा शेर्पाले जानकारी दिए । श्रमदानमा सहयोग गर्ने टोलीलाई दामन बजार ब्यबस्थापन समिती र एभरेष्ट क्लबले सम्मान गर्ने योजना छ । त्यस्तै क्लब र समितिले श्रमदानलाई अभियानकै रुपमा संचालन गर्ने जनाइएको छ । 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)