Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

एभरेस्ट पानोरमा रिसोर्टमा बेहोस ८ भारतीय पर्यटकको मृत्यू भएको पुष्टि (नामावली सहित)

Panoramaaaaaaaaaa-1579592741.jpg

मकवानपुर थाहा नगरपालिका वडा नम्बर ४ मा रहेको पानोरमा रिसोर्टमा ८ भारतीय पर्यटकको मृत्यू भएको छ । मृत्यू हुनेमा पुरुष प्रविण कृष्ण नायर (३८), महिला सारण्य ससी (३५), बालिका श्री भद्र (९), बालिका आर्या प्रवीण (९), बालक अभितभ सोराङ्ग्य नायर (५), बालक वैष्णव रन्जित (२), पुरुष रन्जित कुमार ए.पी. (३४) र महिला इन्द्र लक्ष्मी (३४) को मृत्यू भएको अस्पतालले पुष्टि गरेको छ । उनीहरु ४ महिला र ४ पुरुष छन् ।

रिसोर्टमा ६ माघमा आएर बसेका १५ मध्ये ८ जना ७ माघ विहान अचेत अवस्थामा भेटिएपछि उनीहरुलाई कैलाश एयर हेलिकोप्टर मार्फत उपचारको लागि काठमाण्डौंको ह्याम्स अस्पतालमा लगिएको थियो । दुई कोठा लिएर बसेका भारतीय पर्यटकहरुलाई ७ माघ बिहान बेहोस अवस्थामा फेला पारिएको हो । उनीहरू भारतको केरला प्रदेशबाट भ्रमणका लागि आएका थिए । उनीहरु दुई कोठामा बसेको भए पनि बेहोस अवस्थामा एकै कोठामा भेटिएको प्रहरीले जनाएको छ।

मृत्यू भएको सबैको पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ । उनीहरु पोखराबाट दामन घुम्न बा.३ क. ३६८८ नम्बरको बसमा १५ जना आएको प्रहरीले जनाएको छ । उनीहरुले पानोरोमा रिसोर्टमा चार वटा रुम बुक गरेका थिए । रुममा हिटर बाली सुतेकाले ८ जना बेहोस अवस्थामा भेटिएको र उपचारको लागी हेलिकोप्टरद्वारा हेम्स अपताल काठमाण्डौ पठाईएकोमा चिकित्सकले उनीहरुलाई मृत घोषित गरेको मकवानपुरका प्रहरी प्रवक्ता ललनप्रसाद कुर्मीले जानकारी दिएका छन् ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०