nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 6th May, 2024
वि.स.
1000043965-1707579226.jpg

पाथिभराको उपाध्यक्षमा कार्की सर्वसम्मत अध्यक्षमा चारजनाको उमेद्वारी

पाथिभरा बचत तथा ऋण सहकारी संस्थाको उपाध्यक्षमा रामकुमार कार्की निर्विरोध निर्वाचित भएका छन् । उक्त सहकारीको स्थापनादेखि नै आवद्ध हुँदै आएका कार्की यसअघि सहकारीका सचिव थिए । 

सहकारीको अध्यक्ष पदमा भने चारजनाको उमेद्वारी परेको छ । अध्यक्ष पदका लागि यसअघिका अर्जुन बहादुर कार्की सहित जीवन कुमार बस्नेत, गोविन्द बहादुर कार्की र गोकर्ण वरुवालको उमेद्वारी परेको हो ।  अध्यक्ष पदमा लागि भने २३ कार्तिकमा निर्वाचन हुने सहकारीले जनाएको छ । ११ असोजमा भएको सहकारीको निर्वाचन कार्यक्रम अन्तर्गत उपाध्यक्षमा रामकुमार कार्की सहित सचिव भुपेन्द्र हमाल र सहसचिव मिना थापा सर्वसम्मत भएका हुन् । 

त्यसैगरी कोषाध्यक्ष पदका लागि देवकृष्ण श्रेष्ठ, नवराज कार्की र सुर्य बहादुर थापाको उमेद्वारी परेको छ भने लेखा समिति संयोजकका लागि राधाकृष्ण विष्ट र मनोज कार्कीको उमेदुवारी परेको छ ।
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)