ict-nepal-1625344508.gif
Monday, 2nd August, 2021
वि.स.
.-1624118193.jpg

पाण्डुकेश्वरको छाना तामाले टिलिक्क !

pandukeshor-mandir-1626160363.jpg

हिन्दु धर्म शास्त्रअनुसार ६४ ज्योतिर्लिङ्गमध्ये एक मानिने थाहा नगरपालिकाको पाण्डुकेश्वर मन्दिरको छाना तामाले टिलिक्क देखिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहयोगमा  मन्दिर पुनर्निर्माणको क्रममा तामाको छाना राखिएको हो । 

२०७२ साल बैशाख १२ गतेको विनासकारी भूकम्पले क्षतिग्रस्त भएपछि मन्दिर पुनर्निर्माण गरिएको हो । २०७४ साल चैत २७ गते सो मन्दिर पुनर्निर्माणको शिलान्यास गर्दासम्म मन्दिरको छाना पूर्ववत् जस्ताकै राख्ने स्टमेट भए पनि पाण्डुकेश्वर क्षेत्र विकास समिति र स्थानीय अनुरोधमा पुरातत्व विभागले तामाको छाना राखिदिएको हो । 

विभागले ठेक्का प्रक्रियाबाट रु. ३३ लाखमा मन्दिरमा तामाको छाना व्यवस्था गरिदिएको पाण्डुकेश्वर क्षेत्र विकास समितिका अध्यक्ष जनक हमाल ठकुरीले जानकारी दिए । यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय विभागकै १ करोड १७ लाख ९२ हजार बराबरको ठेक्कामा मन्दिर पुनर्निर्माण गरिएको थियो । 

अहिले पुनर्निर्मित मन्दिरको छानासमेत व्यवस्थापन भएपछि अब मन्दिर  थप आकर्षक भएको छ । मन्दिरको प्राङ्गण रु. १५ लाख बराबरको ढुङ्गा बिछ्याएर प्रदेश सरकारले चिटिक्क पारिदिएको छ भने स्थानीय विकास साझेदारी कार्यक्रम (साँसद विकास कोष)को रु. १० लाखबाट रंग–रोगनसहित घेराबार गरिएको छ । त्यसैगरी थाहा नगरपालिकाले करिब रु. ३ लाख लगानी गरी आकर्षक द्वार निर्माण गरिदिएको छ । 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)

jhamka-1624645162.jpg
corona_ad-1626692113.gif






thah-COO-1587359073.png
balsram-1625416970.jpg