Wednesday, 21st October, 2026
वि.स.
pustakalay-1792211853.jpg

पहिलो चरणमा थाहाका २६ विद्यालयमा योग–ध्यान कक्षा सञ्चालन गरिने

guru-1694330631.jpg

थाहा नगपालिकाको २६ विद्यालयमा विद्यार्थीहरुलाई योग, ध्यान र साधना कक्षामा सहभागी गराइने भएको छ । पहिलो चरणमा नगरको साविक दामन, आग्रा र पालुङ गाविसका विद्यालयहरुमा योग, ध्यान र साधना कक्षा शुरु गर्न लागिएको हो । 

थाहा नगरपालिकाले २६ विद्यालयका २८ जना शिक्षकहरुलाई आधारभूत तहको योग, ध्यान र साधना तालिम दिएपछि अब शिक्षकहरुले आआफ्नो विद्यालयमा नियमित रुपमा विद्यार्थीहरुलाई उक्त विषयको तालिम प्रदान गर्नेछन् । 

शिक्षकहरुका लागि १८ भदौबाट  जेसीज सभा हलमा शुरु गरिएको तालिम २४ भदौमा एक औपचारिक कार्यक्रमका बीच समापन गरिएको छ । थाहा नगरपालिका शिक्षा शाखा प्रमुख माधवविक्रम मल्लको अध्यक्षतामा समापन गरिएको कार्यक्रममा प्रमुख अतिथि रहेका थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीले बालबालिकाहरुमा देखिएको मनोसामाजिक समस्या, लागूऔषध दूव्र्यशनीको समस्या, नैतिक संकट, अनुशासनको अभावजस्ता समस्याहरुको समाधान गर्न विद्यालयमा नियमितरुपमा योग, ध्यान र साधनाको कक्षा सञ्चालन गर्न सहभागी शिक्षकहरुलाई आग्रह गरेका छन् । 

थाहा नगरपालिकाले आर्थिक वर्ष २०८०।८१ को नीति तथा कार्यक्रममा विद्यालयहरुमा नियमित रुपमा विद्यार्थीहरुलाई योग ध्यान कक्षा सञ्चालन गर्ने विषय पारित गरी बजेटसमेत विनियोजन गरेको थियो । सोही अनुसार नगरपालिकाको आयोजना र सुनौलो सामुदायिक सिकाइ केन्द्रको संयोजनमा पहिलो चरणको तालिम कार्यक्रमको आयोजना गरिएको हो । 

तालिमको समापन कार्यक्रममा योग गुरु राजन बिडारी, सुनौलो सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष रुपचन्द्र गोपाली, सहभागी शिक्षक गिता कार्की, साधुराम पोखरेल लगायतले आ–आफ्नो धारणा राखेका थिए । 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

Rabindra-1792211870.jpg
Rajan-Dhakal-1792211893.jpg
Rupesh-Kumar-1792211916.jpg