Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

पहिरोको जोखिममा परेपछि विद्यालयद्वारा सहयोग माग

DSC00063-1504234517.JPG

पहिरोको जोखिममा परेपछि बिद्यालयद्वारा सहयोग माग बकैया गाउँपालिका २, सरस्वती भमरा स्थित बाल बिकास आधारभुत बिद्यालय पहिरोको जोखिममा परेपछि सहयोगका लागि आग्रह गरिएको छ । साबिकको धियाल ९ मा रहेको बिद्यालयको भवनहरु छेउबाटै खनिएको सडक र बर्षादका कारण पहिरो गएको हो । बिद्यालय व्यबस्थापन समितिको बैठकले बकैया गाउँपालिकासहित जिल्ला शिक्षा कार्यालय, जिल्ला भु–संरक्षण कार्यालय, जिल्ला समन्वय समिति लगाएत सरोकारवाला निकायसँग तारजाली माग निर्णय गरेको बिद्यालयका अध्यक्ष तेजप्रसाद चौलागाईले बताए । त्यस्तै भौगोलिक बिकटता, आर्थिक अबस्था कमजोर भएका परिवारका बिद्यार्थीहरु पढ्ने बिद्यालयमा गतिलो भवनको समस्या रहेको भन्दै ६ कोठे पक्की भबन निर्माणका लागि जिल्ला शिक्षा कार्यालय मकवानपुरसँग माग गर्ने उनले बताए ।

बिद्यालयमा ६ कोठे ३ वटा अस्थायी सिकाई केन्द्र(टीएलसी) प्रयोग गरिएपनि पानी पर्दा भित्र छिर्ने र छानामा प्रयोग गरिएको जस्तापाताको आवाजले पढाई नै अबरुद्ध गर्नुपर्ने बिद्यालयका प्रधानध्यापक हरिवंश खतिवडाले जानकारी दिए । टीएलसीका अलावा बिद्यालयमा जस्तापाताको छाना भएको २–२ कोठे २ भवन रहेका छन् । बिद्यालयले भौतिक सुधार र शैक्षिक गुणस्तर सुधार गर्न अति आबश्यक आर्थिक रकम वडा कार्यालय, बकैया गाउँपालिका लगाएत सम्बन्धित निकायसँग माग गर्ने जनाएको छ ।

बैठक बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष तेजप्रसाद चौलागाईको अध्यक्षतामा भएको थियो । कार्यक्रममा बिद्यालयका पदेन सदस्य एवम् बकैया २ का वडा अध्यक्ष बीरमान बल, शिक्षक अभिभाबक संघका अध्यक्ष रेमबहादुर सञ्जेल लगाएत बिद्यालय व्यबस्थापन समितिका पदाधिकारी, शिक्षक, अभिभाबकहरुको सहभागिता रहेको थियो । ५८ जना छात्रासहित १ सय ६ जना बिद्यार्थी रहेको बिद्यालयमा ८ जना शिक्षक रहेका छन् । ५० प्रतिशत बढी आदिवासी जनजाति बिद्यार्थी रहेको बिद्यालयमा अधिकाँस तामाङ जातिका बालबालिका अध्ययरत छन् ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०