Wednesday, 9th September, 2026
वि.स.

पर्यटन प्रवद्र्धनमा अर्को फड्को, थाहानगरमा खुल्यो सुविधा सम्पन्न होटल

थाहा नगरपालिका वडा नम्बर ३ थानाबजारमा सुविधा सम्पन्न होटल खुलेको छ । 
पर्यटन वर्ष २०२० लाई मध्येनजर गरेर थानाबजारमा गंगा होटल एण्ड लज संचालनमा ल्याइएको संचालक पुरुषोत्तम ढकालले जानकारी दिए । 

कम्तिमा ३० जनाको क्षमता रहेको गंगा होटलमा परम्परागत नेपाली खाना  तथा पारिवारिक वातावरण रहेको संचालक ढकालले बताए । होटलका कोठाहरु समेत सुविधा सम्पन्न रहेको छ । काठा नम्बरको सट्टा थाहानगररको स्थानीय पहिचान सहितको पर्यटकीय गन्तव्यको नाम दिइएको छ । होटलका कोठाहरुको नाम दामन, कुन्छाल, चित्लाङलगायतको दिइएको छ  । जुन कोठामा बस्यो त्यस कोठामा सम्बन्धीत ठाउँको परिचय दिने फोटो र विवरण हरु समेत राखिएको छ । 

होटलको डाइनिङ टेबलहरु पनि हिमालको नाममा रहेको छ । टेबलहरु सगरमाथा, कन्चनजंगा, मनास्लु जस्ता नाम दिइएको छ । 

अन्य होटल भन्दा फरक स्वाद र सेवा दिने गरी संचालनमा ल्यायएको उक्त होटलमा एक पटक बस्नै पर्ने पारिवारिक वातावरण रहेको छ ।




https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०