nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 4th May, 2024
वि.स.
1000043965-1707579226.jpg

पर्यटन प्रवद्र्धनका लागि फोटो पत्रकारिता-मेयर विष्ट

पर्यटन प्रवद्र्धनमा फोटोग्राफीको महत्वपूर्ण भूमिका हुने थाहा नगरपालिकाका नगर प्रमुख लवशेर विष्टले बताएकाछन् । पर्यटन विकासका लागि प्रचार प्रसार नै महत्वपूर्ण हुने भएकोले त्यस्तो काम फोटोका माध्यमबाट गर्न सकिने प्रमुख विष्टले बताएका हुन् । 

थाहा नगरपालिका क्षेत्रमा फोटोग्राफी तथा फोटो पत्रकारिता गर्दै आएकाहरुसंगको संक्षिप्त कुराकानी गर्दै विष्टले यस्तो बताएका हुन । नगरपालिकाकै हितका लागि काम गर्ने जोकोहीलाई पनि सहयोग गर्दै आएको बताउँदै विष्टले फोटो पत्रकारहरुलाई पनि सहयोग गर्ने बताए । उनले भने–'तपाइहरु स्वतस्फूर्त रुपमै त फोटो पत्रकारिता गर्दै आउनु भएकोछ, अझ नगरको पर्यटन प्रवद्र्धनका काम गर्नुहुन्छ भने नगरले सहयोग गर्छ, प्रस्ताव पेश गर्नुहोस । '

संक्षिप्त कुराकानीमा फोटोपत्रकारहरु तथा स्थानीय संचारकर्मीहरुको उपस्थिती रहेको थियो । ‘हजारौँ शब्दले भन्न नसक्ने कुरा एउटै तस्बिरले प्रस्ट पारिदिने विश्वविख्यात अवधारणा फोटोपत्रकारिता  भएको फरक सोच अभियानका संयोजक यादवजंग रायमाझीले प्रतिक्रिया दिए । रायमाझीले भने पत्रकारितामा फोटाको प्रयोग व्यापक हुँदै आएकोले फोटोकै माध्यमबाट थाहानगरको पर्यटन प्रवद्र्धनको लागि महत्वपूर्ण योगदान पुग्ने बताए । 

२ भाद्रमा परेको १८० औँ विश्व फोटोग्राफी दिवसको अवसरमा थाहानगरलगायत मुलुकभर विविध कार्यक्रम गरेर यो दिवस मनाइएको छ ।  



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।