Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

पर्यटक मृत्यूः भारतीय विदेश मन्त्रीले दुःख व्यक्त गरे, दूतावासमार्फत् शव बुझाइने

भारतीय विदेश मन्त्री एस जयशंकरले मकवानपुरको एभरेष्ट पानोरमा रिसोर्टमा आफ्ना ८ नागरिकको मृत्यु भएको घटनाबारे दुःख व्यक्त गरेका छन्।

७ मंसिरमा ट्वीट गर्दै जयशंकरले भनेका छन्, नेपालमा ८ भारतीय पर्यटकको मृत्यु भएको समाचारले मर्माहत भएको छु। काठमाडौंस्थित हाम्रो दूतावासले घटनाक्रमलाई नजिकबाट पछ्याइरहेको छ। दूतावासका अधिकारीहरू अस्पतालमा खटिएका छन् र आवश्यक सहयोग गरिरहेका छन्।

यसअघि केरलाका मुख्यमन्त्री पिनाराई विजयनले विदेशमन्त्री जयशंकरलाई पत्र लेख्दै आफ्नो राज्यका नागरिकको विदेशमा मृत्यु भएकाले आवश्यक सहयोग गरिदिन अनुरोध गरेका थिए। नेपालले भने दूतावासमार्फत् मृतकको शव आफन्तलाई बुझाउने तयारी गरेको छ।

प्रहरीले कानुनी प्रक्रिया पूरा गरी कागजात बनाएर दूतावासमार्फत् शव आफन्तको जिम्मा लगाउने भएको हो।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०