nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 7th May, 2024
वि.स.
1000043965-1707579226.jpg

परिवर्तनशील युवा अभियानको हेटौंडामा युवा भेला सम्पन्न

परिवर्तनशील युवा अभियानको आयोजनामा मकवानपुरको हेटौंडामा युवाहरुको भेला सम्पन्न भएको छ। अभियानले प्रथम वार्षिक साधारण सभामा आफ्नो देशभरका ४० भन्दा बढी जिल्लाका युवाहरुको भेला गरि युवा क्षेत्रमा गर्न सक्ने कार्यहरुको बारेमा जानकारी तथा आफ्नो कार्ययोजना प्रस्तुत गरेको हो ।
वाहरुको छलफलमा नेपालमै बसेर सामाजिक तथा आर्थिक क्षेत्रमा युवारुले प्रशस्त काम गर्न सक्ने, आम्दानी गर्न सकिने र अन्यलाई रोजगारी समेत दिन सकिने योजनाहरु अभियानका अध्यक्ष अमृत चिमरियाले प्रस्तुत गरेका थिए । उनले अभियानको वार्षिक कार्यक्रम सार्वजनिक गर्दैै पछिल्लो समय देशमा बढ्दो विकृतीमा युवा पुस्ताले भुमिका खेल्ने भन्दै देशभरका युवाहरुलाई एकबद्ध भएर सामाजिक रुपान्तरणमा लाग्न आग्रह गरेका हुन् ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले कतिपय युवाहरु सत्य तथ्य नबुझी सामाजिक सञ्जाल मार्फत कतिपय व्यक्तिको चरित्रहत्या गर्ने र अर्कालाई खुइल्याउने खराव खेलमा लागेको प्रति दुख व्यक्त गर्दै सामाजिक सञ्जालको सदुपयोगमा युवाहरुले ध्यान दिनुपर्ने बताए । खुलालले देशका युवाहरुको जमघट मार्फत समाज परिवर्तन गर्न भन्दै युवाहरुले सुरु गरेको अभियान अत्यन्तै स्वगतयोग्य र प्रशंसनीय रहेको बताउँदै स्वरोजगार बन्दै समाज परिवर्तन गर्ने अभियानमा समेत आफुलाई समाहित गर्ने युवाहरु नै यो देशले खोजिरहेको धारणा राखेका थिए ।

जिल्ला युवा समिति मकवानपुरका अध्यक्ष सन्तोष चौलागाईले युवाहरु भविष्यको कर्णधार मात्रै नभएर वर्तमानको साझेदार समेत भएकोले उनीहरुलाई साझेदारको रुपमा ब्यवहार गर्न सम्बन्धित निकायलाई अनुरोध गरेका थिए । साधारण सभामा अभियानका अध्यक्ष अमृत चिमरियाले वार्षिक प्रगती प्रतिवेदन तथा कोषाध्यक्ष प्रकृती पाण्डेले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।  कार्यक्रममा युवा क्षेत्रमा काम गरेका दश भन्दा धेरै व्यक्तित्वहरुको उपस्थिती रहेको थियो । 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)