Thursday, 28th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

पत्रकार र प्रहरी नै हिरा लुट्न मकवानपुरको कैलाशमा पुगेपछि

TYYY-1584956078.jpg

मकवानपुर प्रहरीले मकवानपुरको कैलाशमा हिरा लुटपाटमा संलग्नलाई सार्वजनिक गरेको छ । मकवानपुर कैलाश गाउँपालिका वडा नम्बर ५ चौकिटार गोगनेकी धनलक्ष्मी गुरूङको घरमा हिरा खरिद गर्न भन्दै ३ प्रहरी सहित एक जना पत्रकार पुगेका थिए । उनीहरुले आईतबार राती हिरा लुटपाट गरेका थिए ।

उक्त जानकारी पछि ईलाका प्रहरी कार्यालय पालुङ उनीहरुलाई पक्राउ गरेको थियो । प्रहरीका अनुसार उनीहरुले पेस्तोल देखाएर हिरा लुटपाट गरेका थिए ।

पक्राउ पर्नेहरुमा ललितपुर महानगरपालिका भैसेपाटी बस्ने १९ बर्षीय सुजन आचार्य, सुर्खेत बीरेन्द्रनगर १२ बस्ने २६ बर्षीय सुरेन्द्र बसेल, जाजरकोट शिवालय –२ बस्ने २७ बर्षीय बीरबहादुर बस्नेत र दाङ सिजुवा गाउँपालिका–१ बस्ने २८ बर्षीय हिमकान्त पुन मगर रहेका छन् । पक्राउ परेका आचार्य पत्रकार बताइएको छ भने अन्य प्रहरी हुन्  ।  प्रहरीले उनीहरूको साथबाट हिरा जस्तै देखिने एउटा सेतो टल्किने पथ्थर एकथान, लोड अवस्थामा रहेको पेस्तोल एक थान, सञ्चारसेट ४ थान, क्यामरा १ थान, मेटल डिटेक्टर १ थान, मोबाइल ६ थान, ल्यापटप १ थान बरामद गरेको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०