Saturday, 18th May, 2024
वि.स.
1000043965-1707579226.jpg

पत्रकार महासंघ काठमाडौंको अध्यक्षमा विडारी निर्वाचित

FNJ-ktm-1493034718.jpg

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको अध्यक्षमा शन्तराम विडारी बिजयी भएका छन् । प्रेस चौतारी निकट बिडारीले प्रेस सेन्टर र प्रेस युनियनको संयुक्त प्यानलका उम्मेदवार रामकृष्ण अधिकारीलाई १४ मतले पराजित गरेका हुन् ।

आइतवार सम्पन्न निर्वाचनको मतगणना सोमवार अपरान्ह सकिएको थियो । बिडारीले ४२९ मत पाएका छन् भने अधिकारीले ४१५ मत पाएको निर्वाचन समितिले जनाएको छ । त्यस्तै महिला उपाध्यक्षमा विडारी प्यानलकै सीता पोखरेल, सचिवमा मोहन पन्त, सहसचिव अमिर लामा,रामशरण माझी र कोषाध्यक्षमा रामचन्द्र खड्का बिजयी भएका छन् ।

खुला उपाध्यक्षमा भने अधिकारी प्यानलका सुर्य सुवेदी निर्वाचित भए । शाखा सदस्यहरुमा सुलोचना अर्याल,पुष्कर बस्नेत,रामचन्द्र दुलाल,फणिन्द्र फुयाल,राजेश भण्डारी, अजित अधिकारी,मुकुन्द भुषाल,विष्णुकुमार गिरी,हेमवहादुर राना र अम्बिका घिमिरे निर्वाचित भएका छन् ।



FNJ-ktm-1493034719.jpg