Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

पत्रकार भुजेल ‘थाहा पत्रकारिता’ पुरस्कारबाट सम्मानित

थाहा नगरपालिकामा करिब डेढ दशकदेखि पत्रकारिता गरिरहेका पत्रकार सुरजकुमार भुजेल सम्मानित भएका छन् । थाहा नगरपालिकामा रहेर पत्रकारिामा क्रियाशील पत्रकार भुजेललाई थाहा आन्दोलनका प्रणेता रुपचन्द्र विष्टको ८६ औं जन्म जयन्तीको अवसरमा ‘थाहा पत्रकारिता पुरस्कार’बाट पुरस्कृत गरिएको हो । 

उनलाई फरकसोच अभियानले ११ हजार १ सय ११ रुपियाँ नगद सहित ताम्रपत्रद्वारा दोसल्ला ओडाएर सम्मान गरिएको हो ।फरक सोचले वर्षेन ीगर्ने थाहा पत्रकारिता सम्मानको नगद राशी भने वरिष्ठ पत्रकार प्रताप विष्टले सौजन्य गर्दै आएका छन् । सम्मानित भएका पत्रकार भुजेल विगत १२ वर्षदेखि उत्तरी मकवानपुरबाट प्रकाशन भैरहेको विकास खत्ररपत्रिकाका प्रकाशक सम्पादक हुन् । 

विकास विटमा पत्रकारिता गर्दै अाएका भुजेल लामो समयदेखि पत्रकारितामा क्रियाशील छन् । 

यसैबीच थाहा नगरपालिकाको सहयोगमा फरक सोचले प्रकाशन गरेको ‘तस्वीरमा थाहा’ नामक फोटो पुस्तक २६ पौषमै बिमोचान भएको छ ।  पुस्तमका फोटो प्रकाशनका लागि सहयोग गरेकोमा फोटो पत्रकार गणेश विष्टलाई कदरपत्र सहित सम्मान गरिएको छ । उनी विकास खबरपत्रिका र थाहा टाइम्समा आवद्ध छन् ।