Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

पत्रकारिताले राजनीतिकलाई मार्ग निर्देशन गर्छ–कोइराला

IMG_2629-1487405638-1487409280.JPG

पत्रकारिताको माध्यमबाट नेपाली राजनीतिलाई मार्ग दर्शन गर्न सकिने नेपाल प्रेस इन्सीच्युटका अध्यक्ष तिर्थ कोइरालाले बताएकाछन् । हेटौंडा स्थित रेडियो थाहा सञ्चार हेटौँडाको नऔं वार्षिकोत्सवको अवसरमा भएको ‘पत्रकारिताः विगत, वर्तमान र भविष्य’ विषयक अन्तरक्रियामा बोल्दै अध्यक्ष कोइरालाले यस्तो बताएका हुन् । 
नेपाली पत्रकारितामा पत्रकारिता बुझेका व्यवसायिक पत्रकारको खाँचो रहेको बताए । उनले पछिल्लो समय यस क्षेत्रमा लगानीकर्ता बढ्दै गएको उल्लेख गरे । कोइरालाले अबको पत्रकारिता प्रविधिको उच्चतम प्रयोगमा आधारित हुने बताउँदै अब केन्द्र र मोफसल भनेर हेरिने दृष्टिकोणको अन्त्य हुने सुनाए । 
कार्यक्रम रेडियो थाहा सञ्चारका प्रबन्ध निर्देशक अरुणराज सुमार्गीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा पत्रकार महासंघका पुर्व केन्द्रीय सदस्य प्रताप विष्ट, पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष गिरिजा अधिकारी, रेडियो थाहा सञ्चारका कार्यबाहक स्टेशन मेनेजर दर्शन क्षेत्री तथा सप्ताहाब्यापी कार्याक्रम संयोजक गोकुल अधिकारीले मन्तब्य ब्यक्त गरेका थिए । 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०