Wednesday, 9th September, 2026
वि.स.

पत्रकारले आन्दोलन गर्नै पर्दैन–सभामुख श्रेष्ठ

sanu-1584276808.jpg

अबको पत्रकारिता डिजिटल पत्रकारिता भएको बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले बताएका छन् । अब पत्रकारहरुले अन्दोलन गर्नुपर्ने दिन नआउने उनको भनाइ छ । आफु पनि आन्दोलनबाट आएकाले अब त्यस्तो दिनको अन्त्य भएको श्रेष्ठको भनाइ छ । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको आयोजनामा २ चैतमा भएको ‘प्रेस स्वतन्त्रता र प्रदेश सञ्चार ऐन’ विषयक अन्तरक्रिया कार्यक्रमलाई संबोधन गर्दै उनले यस्तो बताएका हुन् । 

संघीय ऐनसंग बाझिनेगरी प्रदेशले ऐन नबनाउने सभामुख श्रेष्ठले बताए । प्रेस स्वतन्त्रतालाई प्रतिकुल हुने खालको कुनै पनि ऐन, नियम बागमती प्रदेश सरकारले नल्याउने स्पष्ट पार्नु भएको छ । ‘पत्रकारहरुलाई फेरि आन्दोलन गर्नुपर्ने अवस्था आउन दिनु हुँदैन,’ सभामुख श्रेष्ठले भने । ‘हामी यतिका वर्ष संघर्ष गरेर राज्यव्यवस्था परिवर्तन गर्दै याहाँसम्म आइपुगेको छौं । परिवर्तनका लागि अब फेरि पत्रकारहरुले संघर्ष गरिराख्नु पर्दैन । संघर्ष गर्नुपर्ने अवस्था आउन हामी दिँदैनौ ।’ साभामुख श्रेष्ठले भने, ‘हिजो हामी प्रेसलाई अंकुश लगाउन हुँदैन भनेर आन्दोलन गर्यौ । अब हामी नै त्यस्तो हुन दिँदैनौं ।’


कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोख्रेलले प्रेसलाई अंकुश लगाउने कानुन निर्माण भए नेपालको सञ्चार जगतले त्यस्तो कानुनको अवज्ञा गर्ने बताए । प्रेस स्वतन्त्रतालाई संकुचन गर्ने कानुनलाई नेपालका पत्रकारले अवज्ञा गर्नसक्ने हैसियत राख्ने भन्दै पोख्रेलले राज्यको चरित्र आफू विरुद्ध आवाज नउठोस भन्ने रहेको धारणा व्यक्त गर्नु गरे ।

नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका केन्द्रीय सचिव रामप्रसाद दाहाल, कोषाध्यक्ष राजेश मिश्र, महासंघ केन्द्रीय सदस्यहरु कृष्ण गिरी, सिर्जना अर्याल, द्वारिका काफ्ले, महासंघ बगमती प्रदेश अध्यक्ष प्रताप विष्ट, ब्रोकाष्टिङ एशोसीएशन बानका उपाध्यक्ष उज्वल चौलागाई, महासंघ मकवानपुरका पूर्व अध्यक्ष नवराज शर्मा, महासंघ प्रदेश सल्लाहकार गिरिजा अधिकारी, लगायतकाले आफ्ना धारणा राख्नुभएको थियो ।
 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०