Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

पञ्जिकरण विभागद्वारा थाहा नगरपालिका सम्मानित

Panjikaran6-copy-1508293256.jpg

केन्द्रिय पञ्जिकरण विभागको तेस्रो वार्षिकोत्सवको अवसरमा मकवानपुरको थाहा नगरपालिका सहित ३२ नगरपालिका सम्मानित भएका  छन् । विभागले व्यक्तिगत घटना दर्ता अनलाईन सिस्टमबाट थालेका, सामाजिक सुरक्षा भत्ता प्राप्त लाभग्राहीको विवरण MIS मा Entry गरेको र बैंक मार्फत सामाजिक सुरक्षा भत्ता वितरण प्रमाणली अपनाएको स्थानीय तहलाई सम्मान गरेको हो । 

केन्द्रिय पञ्जिकरण विभागले ३२ नगरपालिका सहित नौ वटा गाउँपालिका र चार वटा जिल्ला समन्वय समितिलाई पनि सम्मान गरेको छ । थाहा नगरपालिकाले आर्थिक वर्ष २०७३/०७४  बाट सामाजिक सुरक्षा भत्ता बैङ्किङ प्रणालीबाट शुरु गरेको थियो भने व्यक्तिगत घटना दर्ता चालु आर्थिक वर्षबाट शुरु गरेको छ ।  मकवानपुरमै सम्मानित हुने स्थानीय तह थाहा नगरपालिका एक मात्र हो । 

संघीय मामिला तथा स्थानिय विकास राज्य मन्त्री जनकलाल चौधरीको प्रमुख आतिथ्यमा भएको वार्षिकोत्सव कार्यक्रममा मापदण्ड पुरा गरेका नगरपालिका, गाउँपालिका तथा जिल्ला समन्वय समितिलाई सम्मान गरिएको हो । कार्यक्रममा मन्त्री चौधरीले सूचना प्रविधिमा आधारित प्रणालीको स्थापनाले स्थानीय तहको कार्य सहज हुने बताए । कार्यक्रमको अवसरमा विभागको वार्षिकोत्सव अंकको विमोचन समेत राज्य मन्त्री चौधरीले गरेका थिए । 

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेश कुमार थपलियाको विशेष आतिथ्यमा भएको कार्यक्रममा उनले भने–‘सामाजिक न्याय र घटना दर्ताको कार्यमा विभागको भुमिका आगामी दिनमा बढ्ने विश्वास छ ।’ उनले थपे– सूचना प्रविधिमा आधारित विभागको कार्य प्रणालीको अवलम्बन सरहानीय छ । 

वार्षिक उत्सव कार्यक्रम केन्द्रिय पञ्जिकरण विभागका महानिर्देशक अनिलकुमार ठाकुरको सभाध्यक्षतामा भएको थियो । 

यसैबीच विभागको कार्यक्षेत्र एवं समग्र संगठनिक विकासमा योगदान पु¥याई विभागको समुच्च प्रगती हासिल गर्न सहयोग गरेका विभागका १२ कर्मचारीहरुलाई तेस्रो स्थापना दिवसको अवसरमा सम्मान पत्र प्रदान गरिएको छ ।

कुन कुन स्थानीय तह भए सम्मानित हेर्नुहोस् विवरणः

 

 

 


 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०