Thursday, 28th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

पञ्चकन्या प्राविका विद्यार्थीलाई न्यानो कपडा वितरण

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १ टाहाखेलस्थित पञ्चकन्या आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । जाडो मौसममा कठ्याङ्ग्रिदै विद्यालय जान बाध्य बालबालिकालाई लक्षित गरी नेपाली काँग्रेस थाहा नगर समितिको आयोजनामा भएको कार्यक्रममा काँग्रेस मकवानपुरका निवर्तमान सभापति रघुरमण न्यौपानेको संयोजनमा ट्रयाकसुट र शैक्षिक सामग्री वितरण गरिएको हो ।

थाहा नगरको टाहाखेलस्थित विद्यालय परिसरमा १५ माघमा आयोजित कार्यक्रममा ट्रयाकसुट र शैक्षिक सामग्री वितरण गरिएको थियो । कार्यक्रममा काँग्रेस मकवानपुरका निवर्तमान सभापति न्यौपानेले जाडो मौसममा न्यानो कपडाको अभावमा विद्यालय आउनेको संख्या घटेको र सहयोगको आवश्यक भएको जानकारी पाएपछि न्यानो कपडा वितरण गरिएको बताए ।

थाहा नगरपालिकाका उपप्रमुख खड्ग गोपालीले सामुदायिक विद्यालयमा शैक्षिक सुधार आवश्यक भएको औल्याउँदै नगरपालिकाले शैक्षिक सुधार र पूर्वाधार निर्माणमा विद्यालयलाई सहयोग गर्ने जानकारी दिए । उनले भने, शैक्षिक गुणस्तर वृद्धिका लागि शिक्षक र अभिभावकको भूमिका महत्वपूर्ण हुन्छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष युद्धबहादुर थोक्करको अध्यक्षतामा भएको कार्यक्रममा काँग्रेस थाहा नगर समितिका सभापति योगेन्द्रमान श्रेष्ठ, काँग्रेसका युवा नेता प्रमोद जोशी, विद्यालयका प्रधानाध्यापक रमेशकुमार लामाले सार्वजनिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि चुनौतीपूर्ण बन्दै गएको बताए । कार्यक्रममा काँग्रेस थाहा नगर उपसभापति भरत गोपाली, सचिव राममाया खत्री, नेपाली काँग्रेस मकवानपुर–काठमाडौँ सम्पर्क समितिका सचिव केपी मैनालीलगायतले न्यानो कपडा र शैक्षिक सामग्री विद्यार्थीलाई वितरण गरेका थए । २०३५ सालमा स्थापना भएको विद्यालयमा कक्षा ५ सम्म अध्यापन हुँदै आएको छ । विद्यालयमा ३१ जना विद्यार्थी अध्ययनरत छन् ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०