Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

न्वागी पर्वमा मनहरीका विद्यालयहरुमा बिदा

Khemm-1567907411.jpg

चेपाङ जातिको पर्व न्वागी (छोनाम) का दिन मकवानपुरको मनहरी गाउँपालिकाभर विद्यालय बन्द हुने भएको छ ।

हरेक बर्ष भदौ २२ गते मनाइँदै आएको न्वागी पर्वमा अन्य प्रशासनिक कार्यालयहरु सञ्चालन हुने भएपनि विद्यालयहरुमा बिदा दिने गरी बार्षिक क्यालेन्डर निर्माण भएको गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले बताए । अन्य जातिका चाडपर्वहरुमा राष्ट्रिय, प्रदेश तथा स्थानीय स्तरमा बिदा दिइएजस्तै चेपाङ समुदायको पर्वको सम्मानस्वरुप विद्यालय बिदा दिइएको अध्यक्ष उप्रेतीले जानकारी दिए । चेपाङ समुदायको बाक्लो बसोबास रहेको मनहरी गाउँपालिकामा बिदा दिएर उनीहरुप्रति सम्मान व्यक्त गर्न खोजिएको हो । गाउँ शिक्षा समितिले शैक्षिक क्यालेन्डरमै स्थानीय पर्वको रुपमा न्वागीलाई परिभाषित गरी विद्यालय बिदा दिने जनाएको थियो ।

चेपाङ समुदायले हरेक बर्ष भदौ २२ गते न्वागी पर्व मनाउने गरेको छ । उनीहरुले नयाँ अन्न भित्रिएकाले आफ्ना पितृलाई बिधिपूर्वक पुजाआजा गरी नयाँ अन्न र फलफुलहरु चढाएर मात्रै आफूले खाने चलन छ । यो दिन उनीहरुले कुखुराका बली समेत दिने गर्छन् ।

गाउँघरमा न्वागीका दिन चेपाङ झाँक्री (पान्दे) हरुले रातभर ढ्याङ्ग्रो ठोकेर पितृ खुसी पार्ने गर्छन् । यो दिन न्वागी फलाक्ने झाँक्रीहरुका अलावा अन्य मानिसहरु भने सांस्कृतिक नाच र गीतहरु प्रस्तुत गर्ने गर्दछन् ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०

Chepang_Nwagi-1567906546.jpg