Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

न्युन गुणस्तर उत्पादन गर्ने हेटौडामा ७९ उद्योगमाथि मुद्दा दायर

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौडाले ७९ ओटा औद्योगिक तथा व्यवसायी प्रतिष्ठानमाथि मुद्दा दायर गरेको छ । आर्थिक वर्ष २०७५÷०७६ को पहिलो चौमासिकमा अखाद्यय बस्तुको उत्पादन मिसावट गरी विक्रीवितरण गर्ने ति उद्योगहरुलाई मुद्दा दायर गरेको हो । 

कार्यालयको अनुसार २०७५ साउनदेखि कार्तिकसम्म विभिन्न ठाउँमा गरिएको अनुगमन तथा खाद्य वस्तुको परिक्षण गर्दा दुषित एवम अखाद्य बस्तु मिसावट गरिएको आरोपमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरिएको सो कार्यालयले जनाएको छ । 

खाद्य अनुसन्धान अधिकृत आकाश काफ्लेका अनुसार वारा, पर्सा, मकवानपुर, सर्लाही, चितवन र रौतहटका औद्योगिक तथा व्यवसायिक प्रतिष्ठानको संकलित नमूनामा जाँच गर्दा कमिकमजोरी पाइएकोले मुद्दा दायर गरिएको हो । 

कार्यालयले नियमित रुपमा अनुगमन, निरीक्षणका साथै चेतनामुलक कार्याक्रम गरी उद्योगी व्यवसायी तथा सर्वसाधरणलाई सचेत गराउदै आएको छ। यस्तैगरी सो कार्यालयले आर्थिक वर्ष २०७४-०७५ मा विभिन्न ठाउँहरुबाट संकलन गरी ल्याइएको खाद्यपदार्थको जाँच गर्दा कमिकमजोरी भेटिएका वा पाइएका ११९ औद्योगिक तथा व्यवसायिक प्रतिष्ठान माथि मुद्दा दायर गरेको कार्यालयबाट उपलब्ध विवरणमा उल्लेख गरिएको छ ।
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०