Wednesday, 21st October, 2026
वि.स.
pustakalay-1792211853.jpg

नौ वर्षपछि फरार थाहानगरका बस्नेत पक्राउ

फरार-अपरा-1484559174.jpg

लागू औषध गाँजा तस्करको मुद्दामा फरार रहेका मकवानपुर थाहा नगरपालिका–७ का कुमार बस्नेत भनिने दिनेश कुमार बस्नेत पक्राउ परेका छन् ।

बस्नेतलाई ईलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरी टोलीले घरैबाट पक्राउ गरेको  हो । वि.सं. २०६४ असार २७ गते जिल्ला अदालत मकवानपुरले बस्नेतलाई लागू औषध गाँजा मुद्दामा २ बर्ष कैद र रु. ११ हजार एकसय जरिवाना तोकेको थियो । 

पक्राउ परेका बस्नेतलाई सजाय भुक्तानको लागि कारागार कार्यालय भिमफेदी पठाईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।  

 

 



Rabindra-1792211870.jpg
Rajan-Dhakal-1792211893.jpg
Rupesh-Kumar-1792211916.jpg