nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 3rd May, 2024
वि.स.
1000043965-1707579226.jpg

नेफिन हेटौंडाको अध्यक्षमा श्रेष्ठ

नेपाल आदिवासी जनजाति महासंघ(नेफिन) नगर समन्वय परिषद हेटौंडाको सर्वसहमत रुपमा नयाँ कार्यसमिति चयन गरिएको छ । २१ भाद्रमा हेटौंडामा भएको तेस्रो अधिवेशनले नरेशलाल श्रेष्ठको अध्यक्षतामा १० सदस्सीय कार्यसमिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा राजाराम थापा मगर, रामकृष्ण राई दनुवार र सारङ्गी राई, सचिवमा आत्माराम मोक्तान, कोषाध्यक्षमा चन्द्रबहादुर गुरुङ्ग (तमू) तथा सहसचिवहरुमा सविता भुजेल, प्रताप चेपाङ, शीला चौधरी र रेक्सोना कुमाल रहेका छन् ।

कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) गाउँ समन्वय परिषद् निवुवाटारका अध्यक्ष नरहरि गरञ्जा मगर सम्मानित भएका छन् । तत्कालिन निवुवाटार गाबिसमा आदिवासी जनजातिलाई एकता र सशक्तीकरणमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै उनलाई दोसल्ला ओडाई सम्मान पत्र प्रदान गरिएको थियो ।

कार्यक्रम प्रदेश ३ का सांसद प्रेमबहादुर पुलामी मगरको प्रमुख आतिथ्य, प्रदेश सांसदहरु सन्तलाल चेपाङ र ओम घलान तथा नेपाल आदिवासी जनजाति महासंघ(नेफिन) जिल्ला समन्वय परिषद मकवानपुरका अध्यक्ष तीर्थबहादुर थापा मगरको बिशेष आतिथ्यमा भएको थियो । नेफिन हेटौंडाका अध्यक्ष जंगबहादुर गुरुङको सभाध्यक्षतामा भएको कार्यक्रममा सचिव भीम भुजेलले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष नरेशलाल श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ(नेफिन) मकवानपुरका पूर्व अध्यक्ष बुद्ध लामा, सल्लाहकार मधुकर सिं गलामी मगर, नेपाल मगर संघ मकवानपुरका अध्यक्ष होमबहादुर राना मगर, नेपाल कुमाल समाज सुधार समिति मकवानपुरका अध्यक्ष भैरवबहादुर कुमाल, हेटौंडा उपाध्यक्ष अमिता चौधरी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)