Friday, 17th May, 2024
वि.स.
1000043965-1707579226.jpg

नेपाल तामाङ घेदुङ थाहा नगरको प्रथम भेला सम्पन्न । अध्यक्षमा थिङ 

Tamang-Ghedung-1539001719.jpg

    उत्तरी मकवानपुरको थाहा नगरमा नेपाल तामाङ घेदुङ थाहानगरपालिकाको प्रथम भेला सम्पन्न भएको छ । नेपाल तामाङ घेदुङका संघीय सदस्य सुनिल मोक्तानको प्रमुख आतिथ्यता तथा नेपाल तामाङ घेदुङ मकवानपुर जिल्ला सदस्य किरणमान बलको सभाध्यक्षतामा प्रथम भेला भएको हो । 
नेपाल तामाङ घेदुङका संघीय सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि मोक्तानले तामाङ जाती एक भएर अगाडी बढ्नको लागि नव गठित समितिले मूख्य भूमिका खेल्ने बताए । साथै उनले तामाङ जाती राजनितिक क्षेत्रबाट पनि अग्रसर भएर अगाडि बढ्नुपर्नेमा जोड दिए । 
नेपाल तामाङ घेदुङ मकवानपुर जिल्ला अध्यक्ष तथा कार्यक्रमका विशेष अतिथि लिलाकुमार घलानले नव गठित समितिले यस क्षेत्रको भाषा, लिपि, धर्म संस्कृतिको संरक्षण ध्यान दिनुपर्ने बताए । 


    भेलाले दिपेन्द्र कुमार थिङकोे अध्यक्षमा १७ सदस्यीय नेपाल तामाङ घेदुङको थाहानगर कमिटिको गठन गरेको छ । त्यसैगरि कमिटिको उपाध्यक्षमा जनक तामाङ, उपाध्यक्षमा
(महिला) सुनिता दोङ, सचिवमा मंगलबहादुर मोक्तान, कोषाध्यक्षमा दिनेश बल, सह–सचिवमा विष्णु वाईवा चयन भएका छन् । सदस्यहरुमा भने गोविन्द गोङ्वा, चन्द्रबहादुर स्याङ्तान रविना तितुङ चित्रकुमारी मोक्तान, दिलबहादुर घलान, बम बहादुर सिन्तान, हेमबहादुर घलान लगायत रहेका छन् । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)