Tuesday, 8th September, 2026
वि.स.

नेपाल-चीनबीच समझदारी पत्रमा हस्ताक्षरः चित्लाङमा बन्ने मदन भण्डारी विश्व विद्यालयलाई चीनको सहयोग

nepal_china_1-1570954275.jpg

चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा २६ असोजमा दुई देशबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । 

राष्ट्रपति सी र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा नेपाल-चीनबीच विभिन्न विषय समेटिएका समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

समझदारी पत्र एक अर्काबीच आदानप्रदान गरिएको छ। समझदारी पत्रमा हस्ताक्षरअघि दुई देशका उच्चस्तरीय प्रतिनिधि मण्डलबीच भेटवार्ता भएको थियो।

हस्ताक्षर पत्रमा मकवानपुर थाहानगर स्थित चित्लामा बन्ने मदन भण्डारी विश्व विद्यालय, रसुवागढी–काठमाडौं र तातोपानी–काठमाडौ सडक स्तरोन्नती, टोखा– छहरे सुरुङमार्ग, कर्णाली करिडोरका विषय समटिएका छन्। केरुङ–काठमाडौ रेलमार्गको डीपीआर तहको अध्ययनको विषय पनि सहमति पत्रमा रहने छ।

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामासी दुई दिने राजकीय भ्रमणका लागि शनिबार अपराह्न नेपाल आएका हुन्। २३ वर्षपछि चिनियाँ राष्ट्रपतिबाट नेपालको राजकीय भ्रमण भएको हो। 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०