Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

नेपाल औषधी व्यवसायी संघ मकवानपुरको अध्यक्षमा दाहाल निर्वाचित

नेपाल औषधी व्यवसायी संघ मकवानपुरको अध्यक्षमा सुधिर दाहाल निर्वाचित भएका छन् । संघको ३१ जेठमा भएको जिल्ला अधिवेशनबाट दाहाल निर्वाचित भएका हुन् । 
हेटौंडामा भएको पाँचौं अधिवेशनबाटै उपाध्यक्षमा हरेराम श्रेष्ठ, महासचिव नारायण श्रेष्ठ, सचिवमा बिनोद लामिछाने, कोषाध्यक्ष सलाम सिं लामा, सहकोषाध्यक्ष पदमा सगुन श्रेष्ठ निर्वाचित भएकाछन् ।  सदस्यहरुमा भने राजु गुरुङ, देवनारायण साहलगायतका निर्वाचित भए ।