Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

बिद्यालयहरुको समस्या नेपालकै शिक्षा प्रणालीको कारण भएकोः– मोक्तान

IMG_20180314_155819-1521116651.jpg

नेपालको सामुदायिक र निजि बिद्यालयहरुमा भएको समस्याहरु नेपालकै शिक्षा  प्रणालीको कारण सिर्जना भएको हो भन्ने कुरा कतै नछिपेको कार्यक्रममा प्रमुख अतिथि कुमारी मोक्तानले बताए । लेकाली बसिफाँट माद्यामिक बिद्यालयकोे रजत जयन्ती समारोहमा रजत स्तम्भको अनावरण तथा रजत जयन्ती समारोहको समापन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि ३ नं प्रदेशका प्रदेशसभा सदस्य माननिय सांसद कुमारी मोक्तानले यस्तो बताएको हो । नेपालका बिद्यालयमा दरबन्दीको अभावको कारण बिभिन्न समस्याहरु सिर्जाना भएकोले ति सम्पुर्ण समस्या नेपालको शिक्षा ऐन तथा प्रणाली कै कारण भएको भन्ने कुरामा आफ्नो दुइमत नरहेको बताए । साथै उनले ३ तहको सरकार निर्माण भएकोले अब नेपालको शिक्षा प्रणालीलाई ब्यवहारीक र जिवन उपयोगी बनाउनका लागि शिक्षा प्रणालीमा परिवर्तन ल्याउनका लागि ३ वटै सरकार मार्फत प्रयास हुने र त्यसमा आफु पनि सहमत भएको बताए ।


भिमफेदी गाउँपालिका वडा नं ९ मा अवस्थित रहेको लेकाली बसिफाँट माध्यामिक बिद्यालय २०४९ सालमा जाइटी जापानको सहयोगमा स्थापना भइ हाल कक्षा १ देखि १० सम्मको पढाइ हुँदै आइरहेको छ । 

समापन कार्यक्रममा बोल्दै जाइटी नेपालका अध्यक्ष अजुर्न सिं तुलाचनले जाइटी नेपालले लेकाली बसीफाट बिद्यालय र जाइटी जापानको बिचमा पुलको काम मात्र गर्ने जानकारी गराए । साथै उनले बिद्यालयमा बिताबी ज्ञान भन्दा पनि ब्यवहारिक शिक्षा र सरसफाइको शिक्षा दिनु पर्ने बताए । जाइटी जापानका अध्यक्ष अचुसी कोबायासीले कार्यक्रममा बोल्दै आफुहरुले गर्ने सहयोग जारी नै रहने भए पनि बिद्यालयले भने आफ्नो खुट्टामा उभिनु पर्छ भन्ने कुरालाई बिर्सन नहुने बताए ।

फाल्गुण २८ गते देखि ३ दिन सम्म विविध कार्यक्रमहरुको आयोजना गरी आफ्नो स्थापनाको २५ वर्ष पुगेको उपलक्ष्यमा बिद्यालयले रजत जयन्ती मनाएको हो । बिद्यालयको बिबिध गतिबिधि र इतिहास समेटिएको स्मारिका बिमोचन गरि सुरु गरिएको रजत जयन्ती समारोह ३ दिने बिबिध कार्यक्रमको साथमा बिजेताहरुलाइ पुरस्कार बितरण, अतिथिहरुलाई मायाको चिनो बितरण, कदर पत्र प्रदान, सम्मान पत्र प्रदान गदै अक्षय कोषको लागि करिब २ लाख ५० हजार संकलन गरि रजत स्तम्भको अनावरण गर्दै समारोहको समापन गरेको हो । 

बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बिनोद कुमार लामाको सभाध्यक्षतामा भएको समापन कार्यक्रममा जाइटी नेपालका पुर्व अध्यक्ष तथा बिद्यालयका संस्थापक किकुची केन्सुके, जाइटी जापानका अध्यक्ष अचुसी कोबायासी, जाइटी जापानका अफिस चिफ तोसीकाभ मारुयामा, जाइटी नेपालका अध्यक्ष अर्जुन सिं तुलाचन, जाइटीका शुभचिन्तक मिचिको किकुचीको बिशेष आतिथ्यता रहको थियो ।


 



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।