Sunday, 25th October, 2026
वि.स.
pustakalay-1792211853.jpg

नेपालका सिडिओ अमेरिकामा सम्मानित

Samman-1477374392.jpg

नेपाली अमेरिकन सोसाईटी फर अप्रेस्ड कम्युनिटि (नासो)ले अध्ययनको क्रममा अमेरिका पुगेका डाक्टर मान बहादुर बिकेलाई सम्मान गरेको छ । नेपालमा दलित तथा न्यायको आन्दोलनमा लामो समय देखि योगदान गर्दै आएका र हाल प्रमुख जिल्ला अधिकारीका रुपमा कार्यरत डाक्टर मान बहादुर बिके (बिद्या वारिधि) लाई नासो कम्यूनिटि अमेरिकाले सम्मान हो ।
नासोले अमेरिकामा विजया दशमी, दीपावली, छठ पर्व तथा नेपाल संवत् अवसरमा शुभकामना आदन–प्रदान तथा सांस्कृतिक साँझ कार्यक्रम मेरिल्याण्ड राज्यको बाल्टिमोर शहरमा भएको कार्यक्रममा विकेलाई सम्मान गरिएको हो । 
सम्मानित भएका बिके अध्ययनको शिलशिलामा अमेरिका जानू अधि मकवानपुरमा प्रमुख जिल्ला अधिकारीको रुपमा सेवारत् थिए । 
कार्यक्रममा विशिष्ट अतिथि मेरिल्याण्ड तथा पेन्सेलभेनिया राज्यका लागि महावाणिज्य दुत प्रेमराजा महतले नेपाली ढाकाको खादा लगाएर प्रजिअ विकेलाई सम्मान गरेका थिए । मन्तब्य क्रममा बिकेले विदेसिएपछि नेपालमा पलायन नभएको भन्दै देशलाई परेको बेलामा जुटेर देश विकासमा ठुलो सहयोग गर्ने शक्ति भएको बताए । उनले गैरआवासीय नेपाली संघ तथा अन्य संघरसंस्थाको प्रसंसा गरे । नेपालमा नयाँ संबिधान आई सकेकोले विकासको लागि बाटाहरु धेरै फराकिलो भएको उल्लेख गरे । 
महावाणिज्य दुत प्रेमराजा महतले मन्तव्यको क्रममा कस्तुरीले बास्ना खोज्न डाँडा काँडा काट्नु पर्दैन पेट भित्र नै छ भन्ने उदाहरण दिदै नासो भित्र नै राष्ट्र चलाउने र राष्ट्रलाई ममता गर्ने क्षमता छ भन्दै नासोले गरेको कामको प्रसंसा गरे ।
न्युजर्सीबाट बाल्टिमोर आएकी महिला अधिकार कर्मी तथा सामाजिक कार्यकर्ता बिष्णु माया परियार(मानार्थ बिद्या वारिधि)ले नासोको आफु संस्थापक सदस्य पनि रहेको बताइन । उनले अगाडि भनिन्–‘आफु प्रारम्भिक चरणमा नेपाली समुदाय संग त्यति आबद्ध हुन् सकेको थिइन् किनभने त्यस समयमा आफु छात्रावासमा बस्थे भन्दै नासो स्थापना भए पछि यसले आयोजना गरेका काममा आफु सहभागी हुने गरेको छु, संस्थाले गरेको कामको प्रशंसा गर्दै शुभकामना व्यक्त गर्दछु ।’
कार्यक्रममा प्रमुख अतिथि डाक्टर मान बहादुर बिके, महावाणिज्य दुत प्रेमराजा महत, गैरआवसीय नेपाली संघ, बाल्टिमोर, अमेरिका नेपाली संघ (बाना), म्याग्दी समाज, नेपाली प्रवासी एकता मञ्च, जन सम्पर्क समिति लगायत वासिङ्टन डि.सी महानगर क्षेत्र भित्रका विभिन्न नेपाली संघ संस्थाका पदाधिकारी तथा प्रतिनिधिहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
 



Rabindra-1792211870.jpg
Rajan-Dhakal-1792211893.jpg
Rupesh-Kumar-1792211916.jpg