Thursday, 23rd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

नेकपा स्थायी कमिटी बैठक साउन ४ गतेसम्मका लागि स्थगित

333-1594972156.jpg

नेकपा स्थायी कमिटी बैठक साउन ४ गतेसम्मका लागि स्थगित गरिएको छ । आज बिहान ११ बजे बस्ने भनिएको बैठक दिउँसो ३ बजेसम्मका लागि सारिएको थियो । तर, प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सहमति जुट्न नसकेपछि आइतबार दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको हो ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पार्टी स्थायी कमिटीको बैठक आज दिउँसो ३ बजेसम्मका लागि स्थगित भएकोमा पुनः स्थगित भई साउन ४ गते ३ बजे हुनेगरी तोकिएको जानकारी दिए ।

स्थायी बैठक पटक पटक सरेकोमा नेकपा नेताहरू नै आक्रोशित भएका छन् । स्थायी कमिटी सदस्य सुरेन्द्र बैठकले त बैठक सरेकोमा लाज लागेको प्रतिक्रिया दिएका छन् । यस्तै, नेता विजय पौडेलले पनि नेताहरूकै कारण पार्टीको बदनाम भएको उल्लेख गरेका छन् ।

नेकपा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको व्यवस्थापन गरेर मात्र स्थायी कमिटी बैठक राख्ने पक्षमा ओली देखिएका छन् ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०