nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 11th May, 2024
वि.स.
1000043965-1707579226.jpg

नेकपा थाहा–४ को अध्यक्षमा दियाली र ५ मा भोम्जन 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) थाहानगरको ४ नम्बर वडा कमिटिको अध्यक्षमा जमिन दियाली चयन भएका छन् । सचिवमा भने अच्युत केसी चयन भएका हुन् । तत्कालिन माओवादीले नेतृत्व पाएको ४ नम्बर वडा कमिटिले ४ मंसिरमा पूर्णता पाएको हो । वडा कमिटि सचिवमा तत्कालिन एमालको भागमा परेको  हो ।

थाहा नगरपालिकाको विकास घरमा भएको भेलाले ४ नम्बर वडा कमिटिमा २९ सदस्यय चयन गरेको छ ।

यसैबीच थाहा–५ को वडा कमिटिको अध्यक्षमा श्याम सुन्दर भोम्जन चयन भएकाछन् । उनी तत्कालिन एमालेको तर्फबाट वडा अध्यक्ष भएका हुन् । वडाको सचिवमा भने सुमन वाइवा चयन भएका छन् । उनी तत्कालिन आमोवादीबाट प्रतिनीधित्व गर्दै सचिव भएका हुन् । वडा किमिटीमा २९ सदस्य रहेका छन् ।  

थाहा ४ वडा कमिटिका पदाअधिकारी तथा अतिथीहरु । फोटो: यादव रायमाझी

थाहा नगरपालिकाको १२ मध्ये ६/६ वटा वडा तत्कालिन एमाले र माओवादीले वडाको नेतृत्वका लागि बाँडफाँड गरेका छन् । तत्कालिन एमालेको भागमा वडा नम्बर २, ५, ६, १०, ११ र १२ परेको छ भने तत्कालिन माओवादीको भागमा वडा नम्बर १, ३, ४, ७, ८ र ९ नम्बर वडा परेको छ ।

थाहा ५ वडा कमिटिका पदाअधिकारी तथा अतिथीहरु । फोटो: यादव रायमाझी

थाहा नगरपालिका वडा नम्बर ४ मा वडा अध्यक्ष दिपकसिं लामा र वडा नं. ५ मा विष्णु बहादुर गुरुङको सभाध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी नेकपा प्रदेश–३ सचिवालय सदस्य विष्णु विष्ट आदर्श रहेका थिए । कार्यक्रममा नेकपा जिल्ला कमिटि सदस्य राजु नापित, विनायक गोले, थाहानगर अध्यक्ष अरुण रायमाझी, सचिव सानुकाजी गोपाली, नगर कमिटि सदस्यहरु तथा जनप्रतिनीधिहरु र पाटीका सदस्यहरुको उल्लेख्य उपस्थिती रहेको थियो । नेकपा थाहानगर १० को वडा कमिटि गठन ५ मंसिरमा हुने कार्यक्रम रहेको छ । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)